बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पेट्रोल र डिजेलको भाउ घट्यो

पेट्रोल र डिजेलको भाउ घट्यो


  • ढोरपाटन संवाददाता
  • भाद्र ३० २०८१, आइतबार

पोखरा/ नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यअनुसार आयल निगमले आजै राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गरेको हो ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ र डिजेल र मट्टितेलमा ५ ५ रुपैयाँले मूल्य घटेको छ । नयाँ खरिद मूल्य प्राप्त भएपछि निगमको आजै बसेको सञ्चालक परिषद् बैठकले भाउ घटाउने निर्णय गरेको हो । निगमको डिपो कार्यालयबाट १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य कायम गरिएको पनि निगमले जनाएको छ । निगमले विभिन्न जिल्लालाई तीन वर्गमा विभाजन गरी त्यसै अनुसार मूल्य निर्धारण गरेको छ ।

मूल्य घटेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५६ रुपैयाँ र डिजल तथा मट्टीतेल प्रतिलिटर १४६ कायम भएको छ । त्यस्तै सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको मूल्य लिटरको १५८ रुपैयाँ र डिजल तथा मट्टीतेल १४८ रुपैयाँ पर्नेछ । काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५९ र डिजल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १४९ कायम भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->