मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

पोखरा फोटोग्राफी अवार्ड शाक्यलाई

पोखरा फोटोग्राफी अवार्ड शाक्यलाई


  • ढोरपाटन संवाददाता
  • भाद्र ३१ २०८१, सोमबार

पोखरा/पोखरा फोटोग्राफर सङ्घले चौँथो ‘अशोक लाइफटाइम अचिभमेन्ट फोटोग्राफी अवार्ड–२०८१’ बागलुङका अग्रज फोटोग्राफर मुकुन्द शाक्यलाई प्रदान गरेको छ । पोखरामा शनिबार आयोजित एक समारोहमा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले २५ हजार पाँच सय ५५ राशिसहितको उक्त अवार्ड शाक्यलाई हस्तान्तरण गरे ।
बागलुङ फोटोग्राफर सङ्घका सल्लाहकार रहेका शाक्य झण्डै छ दशकदेखि फोटोग्राफी पेसामा सक्रिय छन् । चित्रकारिता, साहित्य र संस्कृतिका क्षेत्रमासमेत विशिष्ट छवि बनाएका शाक्यलाई सङ्घले आफ्नो ४३ औँ साधारणसभा तथा अधिवेशनका अवसरमा अवार्ड प्रदान गरेको हो । विसं २०२५ देखि फोटोग्राफी पेसा सुरु गरेका उनको अहिले पनि ‘शाक्य जेठा आर्टस् तथा फोटो सेवा’ सञ्चालनमा छ ।
पछिल्लो समय उनका छोरा मञ्जुल शाक्यले पनि उक्त पेसालाई अँगाल्दै आएका छन् । सङ्घका सल्लाहकार दुर्गा पौडेलले पोखराका पुराना फोटोग्राफर अशोक बाटाजुले उक्त फोटोग्राफी अवार्ड स्थापना गरेको जानकारी दिए । दुई वर्षको अन्तरमा उक्त अवार्ड प्रदान गर्ने गरिएको छ । “फोटोग्राफीलाई जीवनभर पेसाका रुपमा अँगाल्नुभएका अग्रज फोटोग्राफरहरुलाई यो अवार्ड प्रदान गर्ने गरिन्छ”, उनले भने ।
अवार्ड ग्रहणपछि शाक्ले आफ्नो पेसाप्रति गौरवबोध भएको बताए । ‘यासिका बक्स टुइन्स लेन्स क्यामेरा’बाट आफूले फोटोग्राफी सुरु गरेको उनले बताए । बागलुङ नगरपालिका–३ निवासी शाक्यले तत्कालीन जिल्ला विकास समितिमा विभिन्न पदमा रही ३७ वर्ष सेवा पु¥याएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->