बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सामुदायिक वनलाई समृद्धिको आधार बनाउनु पर्नेमा जोड

सामुदायिक वनलाई समृद्धिको आधार बनाउनु पर्नेमा जोड


  • ढोरपाटन संवाददाता
  • भाद्र ३१ २०८१, सोमबार

पोखरा/ संरक्षण, सम्वद्र्धन र विकासका माध्ययमबाट विश्वसामु परिचित सामुदायिक वनलाई रोजगार सिर्जना गर्दै समृद्धिको आधारका रुपमा उपयोग गर्नु पर्नेमा पोखरामा आयोजित एक कार्यक्रमका सहभागिले जोड दिएका छन् ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गण्डकी प्रदेशद्वारा सोमबारदेखि शुरु स्थानीय महासंघका पदाधिकारीका लागि आयोजित दुई दिने वन सम्वन्धी कानूनी क्षमता अभिवृद्धि तालिमका सहभागिले वन पैदावार उपयोगमा सर्वसुलभ नीतिको खाँचो औल्याए । सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य हरिप्रसाद बास्तोलाले कार्यक्रमको उद्घाटन गर्दै महासंघले उपभोक्ताका हक, अधिकार स्थापित गर्न निरन्तर पैरवी गर्दै आएको बताए । महासंघमा हाल २३ हजार २६ सामुदायिक वन समुहका लगभग ३५ लाख घर परिवारले २४ लाख भन्दाबढी हेक्टर वन क्षेत्रलफलको व्यवस्थापन गर्दै आएको बताउँदै उनले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न सहभागिलाई अनुरोध गरे ।

नेपाल सरकारले प्रदान गरेको अवसरको भरपुर उपयोग गर्दै मुलुकका सम्पूर्ण वन उपभोक्ता समुहलाई स्थायी लेखा नंम्वर लिन आग्रह गर्दै उनले वनमा आधारित उद्यम सञ्चालन गर्नेतर्पm लाग्नु पर्ने आवश्यकतामा जोड दिए । महासंघका केन्द्रीय सदस्य दोवबहादुर कार्कीले वन पैदावार उपयोगमा नीति गत समस्या रहेको बताउँदै त्यसका लागि तीनै तहका सरकार जिम्मेवार हुनु पर्ने आवश्यकता औंल्याए । वन समुहमा सुशासन र पारदर्शिताको खाँचो रहेको उनको भनाई थियो ।

तालिममा प्रदेश महासंघका अध्यक्ष कालीदास सुवेदी, महासंघका कानूनी सल्लाहकार डिलराज खनाल, थाउजेन्ट करेन्ट परियोजनाका अनिता वन्तले प्रशिक्षण दिएका थिए । महासंघका महासचिव आँशु विश्वकर्मा र सदस्य लक्ष्मी अधिकारी सुवेदीले नेपालको वन क्षेत्रको बृद्धि, मानव वन्यजन्तु द्वन्द्व लगायतले उपभोक्तामा परेको समस्या र राज्यले गरेको व्यवस्थाकाबारेमा प्रकाश पर्नु भएको तालिममा गण्डकी प्रदेशका मनाङ र मुस्ताङ बाहेकका नौवटा जिल्लाका स्थानीय महासंघका अध्यक्ष र सचिव सहित ५० जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->