पोखरा/डिजिटल कन्सोलसहित बजाजको पल्सर एनएस २०० पोखराबाट पनि वितरण सुरु गरिएको छ । गण्डकी प्रदेशका लागि बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता इच्छाशक्ति अटोमोबाइल्सले सोमबार एक कार्यक्रमका बिच एनएस २०० सार्वजानिक गरेको छ ।
ब्लुटुथ कनेक्सन र नेभिगेसन सहितको पूर्ण डिजिटल कन्सोलको साथमा आएको एनएस २०० मा पावर, प्रविधि, र डिजाइनको उत्कृष्ट संयोजन रहेको छ । यसमा ट्रिपल स्पार्क फोर भल्भ इन्जिन उपलब्ध रहेको छ जसले १८ किलोवाट पावर र १८.७४ एनएम टर्क उत्पन्न गर्छ । यसमा लागि ६–स्पीड गियरबक्स र नयाँ प्रणालीको एलइडी लाइटिङ रहेको छ ।
यस मोटरसाइकलको मुख्य विशेषता भनेको ब्लुटुथ कनेक्टिभिटी सहितको पूर्ण–डिजिटल कन्सोल हो जसमा टर्न–बाई–टर्न नेभिगेसन, गियर पोजिसन इन्डिकेटर, डिस्ट्यान्स–टु–एम्प्टी रिडआउट, र इन्धन खपतको डेटा रहेको छ । अपसाइड–डाउन फ्रन्ट फोर्क्स र डुअल–च्यानल एबिएसले उत्कृष्ट ब्रेकिङ कन्ट्रोल प्रदान गर्दछ । स्पोर्टी डिजाइन, उन्नत इन्जिनियरिङ र उत्कृष्ट पावर–टु–वेट रेसियोले यस मोटरसाइकल जस्तोसुकै सडकमा फिट हुने कम्पनीको दाबी छ ।
साथै इच्छाशक्ति अटोमोबाइल्सले हालैमात्र पोखरा उद्योग वाणिज्य संघमा निर्वाचित भएका पदाधिकारीहरुलाई बधाई समेत दिएको छ । एनएस सार्वजानिक सँगै कार्यसमितिलाई बाधाई ज्ञापन गरिएको हो ।
सोही क्रममा बोल्दै पोउवा संघका अध्यक्ष गोकर्ण कार्कीले सवारी चढेपछि त्यसको पाटपुर्जा नपाएमा त्यो सवारीको कामै नहुने बताउँदै बजाजले भने आम सेवाग्राहीलाई सहजै पार्टस पाउने व्यवस्था गर्नु सबैभन्दा राम्रो पक्ष रहेको सुनाए । तीन दशकदेखी निरन्तर सेवामा तल्लिन भएको व्यवसायमा कोरोना पछिको आर्थिक मन्दिले केही असर गरेको र अब चाडबाट नजिकिएसँगै संघले बजार चलायमान बनाउन केही नयाँ योजना लिएर आउने बताए ।
यस्तै पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बजाजले हरेक पटक नयाँ नयाँ सिरिज ल्याउने गरेको सुनाए । अन्य सवारीको तुलनामा बजामा बजाजको सेवा बढी रहेको र पाट्र्सहरु समेत सहज र सुलभ मुल्यमा पाउने हुँदा बजाजप्रतिको आकर्षण बढ्दो रहेको उनले बताए ।
इच्छाशक्ति अटोमोबाइल्सका संस्थापक इच्छामान बुद्धाचार्यले बजाजको नयाँ एनएसले युवाहरुलाई थप आकर्षित गर्ने बताए । उनले कम्पनीले व्यापारमात्र नभई सामाजिक क्षेत्रमा समेत अघि बढेको र बालमन्दिर माविमा कक्षा ११ र १२ मा एक एक जनालाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको समेत बताए । उनले कोरोना महामारीले अटोमोबाइल्सको क्षेत्रमा सबैभन्दा बढी प्रभाव पारेको सुनाए ।
नयाँ बजाज पल्सर एनएस २०० को मुल्य रु. ४ लाख ४४ हजार ९ सय रुपैयाँ रहेको कम्पनीका म्यानेजर भगवान विजुक्छेले जानकारी दिए ।





