पोखरा/ स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले सोमबार नेपाल परिवार नियोजन संघ कास्की शाखाको निरीक्षण गरेका छन । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा क्यान्सर रोगको उपचार सेवा बिस्तार सम्बन्धि कार्यक्रममा आएका मन्त्री पौडेलले पोखरा– १२ उपकार मार्गमा रहेको संघको निरीक्षण गर्दै परिवार नियोजन संघका सेवा बारेमा जानकारी लिएका थिए ।
मन्त्री पौडेललाई नेपाल परिवार नियोजन संघ कास्की शाखाका सभापति नवीन सिग्देलले स्वागत गर्दै संघले सरकारबाट साथ, सहयोग, सद्भाव र प्रोत्साहन चाहेको बताए । संघले सुरक्षित गर्भपतन सेवा, गर्भवती जाँच, पुरुष बन्ध्याकरण, यौनजन्य रोग सम्बन्धि उपचार तथा परामर्श, एच.आइ.भी परिक्षण तथा परामर्श सेवा, पाठेघरको मुखको क्यान्सर परिक्षण लगागयतका सेवाहरु प्रदान गर्दै आइरहेको छ ।





