मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

कैदीबन्दीलाई खेलकुद सामग्री, मानवसेवामा खाद्यन्न वितरण

कैदीबन्दीलाई खेलकुद सामग्री, मानवसेवामा खाद्यन्न वितरण


  • ढोरपाटन संवाददाता
  • असोज २ २०८१, बुधबार

बागलुङ/संविधान दिवशलाई तीन दिनसम्म बिभिन्न कार्यक्रम गरी मनाईदैछ । यो वर्ष संविधान दिवशलाई राष्ट्रिय दिवशको नामाकरण समेत दिइएको छ ।
सोही अनुसार बुधबारदेखि धेरै कार्यक्रम शुरु भएका छन् । ती कार्यक्रममा संविधान दिवश मुल समारोह समितिका अध्यक्ष जिल्ला समन्वय समितिका प्रमुख अमर थापा, प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीलगायत कार्यक्रममा सहभागि भए ।
बुधबार बिहान जिल्ला बचत संघको आयोजनामा कारागारका कैदीबन्दीलाई खेल सामाग्री बितरण गरिएको छ । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा स्वास्थ्य समस्या बढेको छ । उनीहरुलाई खेल सामाग्री दिएमा स्वस्थ्य रहनका लागि खेल्ने अभ्यास पनि हुने भएकोले मुल समारोह समितिकै आग्रहमा ती सामाग्री बितरण गरिएको संघका केन्द्रीय सदस्य चण्डीप्रसाद शर्माले बताए ।


त्यस्तै, बुधबारै संविधान दिवशको अवसर पारेर उच्च अदालत बार एशोसिएसनले धौलागिरि अस्पतालमा रहेका कैदीबन्दीलाई फलफूल र जुस बितरण गरिएको हो । अस्पतालमा उपचाररत ५३ जनालाई फलफूल र जुस बितरण गरिएको बारकी कोषाध्यक्ष लक्ष्मी बास्कोटाले जानकारी दिइन् । उक्त अवसरमा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद शर्मा निउरे, काजी गाउँले, जिसस प्रमुख अमर थापा, सहायक प्रजिअ चित्राङगत बराल सहभागि थिए ।


त्यस्तै, बागलुङ उद्योग बाणिज्य संघले बुधबारै मानवसेवा आश्रममा खाद्यान तथा दैनिक उपभोग्य सामाग्री सहयोग गरेको छ । आश्रममा आवस्यक परेका सामाग्रीको सूचिसहित अध्यक्ष नरेश कंडेल, जिसस प्रमुख अमर थापा र प्रजिअ नेत्रप्रसाद सुवेदीले आश्रमका अभिभावक निर्मल श्रेष्ठलाई सामाग्री हस्तान्तरण गरे ।
उक्त अवसरमा थापाले संविधान निर्माणमा राजनीतिक दलले खेलेको भूमिका महत्वपूर्ण भएपनि कार्यान्वयनमा भने चासो नराखेको बताए । उनले संविधान कार्यान्वयन नहुँदा असन्तुष्टी बढेको बताए । आम नागरिकलाई नेतृत्वले विश्वस्त पार्न सकेमा संविधानको मर्मअनुसार काम हुने र जनतामा आशा पलाउने बताए ।
कार्यक्रममा प्रजिअ सुवेदीले संविधानका राम्रा पक्षको कार्यान्वयन र प्रचारमा जनता अनविज्ञ भएको भन्दै कार्यान्वयनमार्फत अनुभूति दिलाउनुपर्ने बताए । साथै, संविधान दिवशको अबसरमा विभिन्न संस्थाले मुल समारोहमा साथ दिएकोमा धन्यवाद दिए ।
कार्यक्रममा संघका अध्यक्ष नरेश कँडेलले व्यवसायीलाई स्वदेशमा टिकाउने गरी काम गर्न सकेमा देशको आर्थिक विकास हुने बताए । उनले राज्यले कर मात्र थुपार्ने काम नगरी व्यवसाय प्रवद्र्धनको भूमिका पनि खेल्नुपर्ने धारणा राखेका थिए ।
संघका अध्यक्ष कँडेलको अध्यक्षता, महासचिव ऋषिराम गौतमको संचालन र वरिष्ठ उपाध्यक्ष राजनकुमार शाक्यको धन्यवादमा कार्यक्रम सम्पन्न भएको थियो । आश्रममा ६३ जना आश्रितहरु रहेको संचालक विपना तामाङले जानकारी दिइन् ।
संविधान दिवशको अबसरमा तीन दिनसम्म घरघर, सरकारी कार्यालय र सार्वजनिक स्थानमा दिपाबली गर्ने, राष्ट्रिय झण्डा राखेर घर, कार्यालय र सार्वजनिक स्थानलाई झकीझकाउ बनाउन मुल समितिले निर्देशन गरेको छ । त्यसबाहेक असोज ३ गते मुल समारोह गर्ने, बजारदेखि सहिदपार्कसम्म ¥याली गर्ने र अन्य रचनात्मक क्रियाकलाप पनि गर्ने योजना छ । हरेक पालिका तहमा पनि तीन दिनसम्म कार्यक्रम गर्ने गरी समितिले निर्देशन गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->