बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

३६ उपसचिवको सरुवा, १२ जिल्लाका सीडीओ फेरिए

३६ उपसचिवको सरुवा, १२ जिल्लाका सीडीओ फेरिए


  • ढोरपाटन संवाददाता
  • असोज २ २०८१, बुधबार

पोखरा/ गृह मन्त्रालयले ३६ जना उपसचिवको बुधवार सरुवा गरेको छ । साथै १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी र केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पनि फेरेको छ । ।

मन्त्रालयले रामेछापमा राजुप्रसाद पौडेल, डोल्पामा रोमबहादुर महत, बझाङमा ओमप्रसाद भट्टराई, बाजुरामा मेघनाथ पाध्या, मनाङमा मात्रिका आचार्य र मुगुमा कमलप्रसाद पाण्डेलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ । यसैगरी रुकुम पूर्वमा रुद्रप्रसाद न्यौपाने, दैलेखमा नवराज जैसी, हुम्लामा नारायण पाण्डेय, मुस्ताङमा विष्णुप्रसाद भुसाल, रसुवामा अर्जुन पौडेल, जुम्लामा रामबहादुर शाही प्रमुख जिल्ला अधिकारी बनेका छन् ।

गृह मन्त्रालयले १२ जना सहायक प्रमुख जिल्ला अधिकारीको पनि सरुवा गरेको छ । जस अनुसार मोरङमा विनोदकुमार पोखरेल, सुर्खेतमा टोपेन्द्रबहादुर केसी, गोरखामा सुवासकुमार लामिछाने, ओखलढुंगामा वेदनिधि खनाल, बाँकेमा खडानन्द खत्री सहायक प्रमुख जिल्ला अधिकारी बनेका छन् । तनहुँमा जीतबहादुर भण्डारी, अर्घाखाँचीमा लालबहादुर गुरुङ, पर्सामा सुमनकुमार कार्की, जाजरकोटमा बन्दना केसी, मकवानपुरमा धोलकराज ढकाल, सुनसरीमा लोकमान श्रेष्ठ र सल्यानमा ज्ञाननाथ ढकाल सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा भएका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->