बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने दायित्व छ– मुख्यमन्त्री पाण्डे

मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने दायित्व छ– मुख्यमन्त्री पाण्डे


  • ढोरपाटन संवाददाता
  • असोज ३ २०८१, बिहिबार

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानले नेपालको विविधताको सम्बोधन गर्दै नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार लगायत लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने संकल्प लिएको बताएका छन ।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा शुभकामना दिदै मुख्यमन्त्री पाण्डेले यस संविधानले नेपालको राष्ट्रिय सार्वभौमसत्ता नेपाली जनतामा निहित भएको र जनता राज्यशक्तिको स्रोत भएको पनि बताए । संविधानले निरङ्कुश र केन्द्रिकृत राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको उनले सन्देशमा उल्लेख गरेका छन । ‘अब मुलुकलाई सामाजिक न्याय सहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने दायित्व हाम्रो काँधमा छ’ उनले भनेका छन, ‘संविधानमा व्यवस्था भए अनुसार संघ, प्रदेश र स्थानीय तहलाई शक्ति र स्रोतको बाडफाँट गर्दै संघीय प्रणालीलाई संस्थागत गर्नुपर्ने प्रमुख दायित्वलाई पुरा गर्न हामी खरोरुपमा प्रस्तुत हुनुपर्दछ । जनताले हामीप्रति गरेको अपेक्षा र भरोसालाई थप मजबुत बनाउनुछ ।’

संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई सुदृढ गर्दै गण्डकी प्रदेश र सिङ्गो मुलुकलाई आर्थिक विकासको मार्गमा अग्रसर गराउनु आजको आवश्यकता रहेको सन्देशमा छ । संविधानको भावनालाई जनताको जीवनमा महशुस हुनेगरी कार्यान्वयन गर्न प्रदेश सरकार प्रयत्नशिल रहेको भन्दै उनले यसका लागि संघीय र स्थानीय सरकारसँग निरन्तर सहकार्यको जरुरी रहेको औल्याए । उनले प्रदेशवासी, सबै नेपाली दाजुभाई दिदिबहिनीहरु एकतावद्ध भई मन, वचन र कर्मले संविधानको मर्म भावनालाई व्यवहारमा रुपान्तरण गर्नमा लाग्नुहुनेछ भन्ने विश्वास सहित संविधान दिवसको शुभकामना व्यक्त गरेका छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->