बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

नाट्टा गण्डकी प्रदेशद्वारा व्यवसायीलाई कर तथा लेखा तालिम

नाट्टा गण्डकी प्रदेशद्वारा व्यवसायीलाई कर तथा लेखा तालिम


  • ढोरपाटन संवाददाता
  • असोज ३ २०८१, बिहिबार

पोखरा/ नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशमा आवद्ध व्यवसायीलाई कर तथा लेखा तालिम दिइएको छ ।  नाट्टा गण्डकी प्रदेशको आयोजनामा ८० जना व्यवसायीलाई तालिम दिइएको अध्यक्ष किशोर दहालले बताए । व्यवसायलाई व्यवस्थित र प्रभावकारी बनाउन कर तथा लेखाबारे जानकारी अपरिहार्य हुने अवस्थालाई दृष्टिगत गरी तालिम दिइएको बताउँदै उनले यसले कर तथा लेखा सम्बन्धमा व्यवसायीलाई महत्वपूर्ण जानकारीहरू प्राप्त भएको विश्वास व्यक्त गरे । पर्यटन राजधानी पोखरा सहित समग्र देशको पर्यटन राष्ट्रको समृद्धिको महत्वपूर्ण आधार भएको बताउँदै अध्यक्ष दहालले राज्यको व्यवसायीमैत्री नीति आवश्यक हुनेमा जोड दिए ।

कार्यक्रमको उद्घाटन गर्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले व्यवसायलाई व्यवस्थित एवम् प्रभावकारी बनाउन यस किसिमका तालिम आवश्यक हुने बताउँदै यस्ता तालिमहरूले निरन्तरता पाउनुपर्ने बताए । पर्यटनसम्बद्ध संघसंस्थाको सामुहिक प्रयासमा पोखराको पर्यटनलाई गतिशिल बनाउन सकिने उल्लेख गर्दै उनले परिषद् सम्बद्ध सबैसँग हातेमालो गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे ।

तालिममा आन्तरिक राजस्व कार्यालयका बरिष्ठ कर अधिकृत ठाकुरप्रसाद सुवेदीले कर तथा लेखा सम्बन्धमा तालिम दिएका थिए । नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहालको अध्यक्षता एवम् महासचिव चेतन कार्कीले सञ्चालन गरेको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक एवम् सचिव नवराज भण्डारी र धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष संगीता पौडेलले गरेका थिए । कार्यक्रममा नाट्टा गण्डकी प्रदेशका पूर्व अध्यक्ष पशुपति शर्मा, निवर्तमान अध्यक्ष हरिराम अधिकारी लगायतले व्यवसायिक दक्षता अभिबृद्धिका लागि यस किसिमका तालिम आवश्यक हुनेमा जोड दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->