बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

कृषि उत्पादनमा बालीविज्ञानका विद्यार्थी

कृषि उत्पादनमा बालीविज्ञानका विद्यार्थी


  • ढोरपाटन संवाददाता
  • असोज ४ २०८१, शुक्रबार

बालविज्ञानमा अध्ययनरत विद्यार्थीहरूको समय कक्षा कोठा र खेतबारीमा धेरै बित्ने गरेको छ ।
म्याग्दी/जिल्लाको मंगला गाउँपालिका–२ स्थित मंगला माध्यमिक विद्यालयमा प्राविधिक धार अन्तर्गत बालीविज्ञान विषय अध्ययन गर्ने विद्यार्थीले सिजन अनुसारको कृषि उत्पादन गर्ने गरेका छन् ।
विद्यालयमा प्राविधिक धार कक्षा (९–१२) मा बाली विज्ञान विषयमा पढाइ सुरु भएपछि विद्यार्थी कक्षा कोठा बाहेक खेबारीमा समेत पुगेर कृषिजन्य उत्पादनका बारेमा अध्ययन र अनुसन्धानसँगै बिक्री समेत गर्ने गरेको विद्यालयका शिक्षक करण कँडेलले बताए ।
विद्यालयले प्राविधिक धारका विद्यार्थीको प्रयोगात्मक अभ्यासका लागी भाडामा लिएको जग्गामा च्याउ खेती, सिजन अनुसारको तरकारी फलाउने र घरमा समेत आमाबुबालाई सघाउने गरेका छन् । गतबर्ष विद्यार्थीले टनेलमा च्याउ उत्पादन गरी विद्यालयको नामबाट प्याकेजिङ गरी आधा केजीको १ सय २५ रुपैयाँमा बिक्री गरेका थिए भने सिजन अनुसारको उत्पादन बिक्री गरी खर्च कटाएर लैजान्छन् ।
‘विद्यार्थीलाई आवश्यक पर्ने कृषि औजारदेखि बीउबिजन सबै उपलब्ध गराउँछौ, विद्यार्थीले लगाएको तरकारीको बजार खोज्न समेत सघाउँछौ’ विद्यालयका प्रधानध्यापक गम खत्रीले भने । विद्यालयमा सिकेको आधुनिक कृषि प्रणाली र उत्पादनका बारेमा सिकेको ज्ञान परम्परागत खेती गर्दै आएका अभिभावकलाई समेत सिकाउने गरेको प्रअ खत्रीको भनाई छ ।


विद्यार्थीको उत्पादनलाई लक्षित गरी थप जग्गा भाडामा लिने तयारी समेत भइरहेको विद्यालयका प्रअ खत्रीको भनाई छ । बालविज्ञानमा अध्ययनरत विद्यार्थीहरूको समय कक्षा कोठा र खेतबारीमा धेरै बित्ने गरेको छ ।
गाउँमै बाली विज्ञान पढ्न पाएकोमा विद्यार्थी खुसी छन् ।नेपाल सरकारको नमूना विद्यालय मंगलाले भाडामा लिएको २ रोपनी जग्गामा यहाँ अध्ययनरत विद्यार्थीले एक महिनामै उत्पादन गरी बजारमा लैजान सकिने र थोरै लगानीमा प्रसस्तै आम्दानी गर्न सकिने भएकाले च्याउ खेतीलाई पहिलो प्राथमिकता दिइएको छ ।
विद्यालय उमेरमै पाठ्यपुस्तकसँगै ब्यवहारिक ज्ञान समेत आर्जन गर्न पाएकोमा भविस्यमा प्राविधिक विषय पढेपछि बेरोजगार हुन पर्दैन भन्नेमा विश्वस्त रहेकोविद्यार्थी बताउँछन् । विद्यालयमा बि.स २०७६ सालमा नेपाल सरकारबाट कृषि विज्ञान सञ्चालनको अनुमति पाई नियमित पढाइ भइरहेको छ । उक्त धारमा ल्याब असिस्टन्टेन्टसहित ९ जना दरबन्दी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->