बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कोलपाटनमा महिला हिंसाविरुद्ध सडक नाटक प्रदर्शन

कोलपाटनमा महिला हिंसाविरुद्ध सडक नाटक प्रदर्शन


  • ढोरपाटन संवाददाता
  • असोज ५ २०८१, शनिबार

पोखरा/महिला अधिकारका लागि राष्ट्रिय अभियान कास्की जिल्ला शाखा पोखरा १५ को आयोजनामा शनिबार कोलपाटनमा महिला हिंसा विरुद्धको जनचेतनामूलक सडक नाटक शनिबार सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १५ का अध्यक्ष तोरणबहादुर वानियाले उद्घाटन गर्दै आफूले समाजको लागि राम्रो गर्दा गर्दै पनि केही व्यक्तिहरुले अनर्गल प्रचार गरेकोबताउँदै आफुलाई कुनै फरक नपर्ने वताए । उनले सडक नाटकले महिला हिंसा न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने वताए ।
कार्यक्रममा महिला अधिकारका लागि राष्ट्रिय सञ्जालकी केन्द्रीय उपाध्यक्ष दिलमाया गुरुङ, रामबजार प्रहरी चौकी इन्चार्ज वरिष्ठ नायव निरीक्षक राजु थापा, प्रतिभा आमा समुह पोखरा १५ की अध्यक्ष भगवती कार्की खड्काले बोलेका थिए ।
सो अवसरमा कलाकारहरु सुनिता कँडेल, गीता शर्मा, माया लामिछाने, दुर्गा थापा, विष्णु गिरी, तारा बानियाँ, पुष्पा गुरुङ, गीता भण्डारी, सुसिला गुरुङ, सीता रानाभाट, सरस्वती अधिकारीले अभिनय गरेका थिए भने सलिना गुरुङले नृत्य प्रस्तुत गरेकी थिइन ।
अभियानकी अध्यक्ष कुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष गीता शर्माले र संचालन रमिता पौडेलले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->