बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

विदेश गएका छोराछोरीलाई पार्टी काममा जोडौं: महासचिव पोखरेल

विदेश गएका छोराछोरीलाई पार्टी काममा जोडौं: महासचिव पोखरेल


  • ढोरपाटन संवाददाता
  • असोज ६ २०८१, आइतबार

दाङ / नेकपा एमालेका महासचिव शंकर पोखरेलले विदेश गएका आफ्ना छोराछोरीलाई पार्टी काममा लगाउनुपर्ने बताएका छन्। तुलसीपुरमा भएको लुम्बिनी प्रदेशका केन्द्रीय कमिटी सदस्यसँगको छलफलमा महासचिव पोखरेलले नेपालमा हुँदा पार्टीमा रहेका नेताका छोराछोरी विदेश गएर निष्क्रिय बन्दा पार्टीलाई घाटा लाग्ने बताएका छन्।
‘नेपाल हुँदा पार्टीमा रहेका नेताका छोरा छोरी विदेश गएर निष्क्रिय छन्।’ पोखरेलले निर्देशन दिँदै भने,‘विदेश गएका छोरा छोरीमा पार्टी काममा पनि लगाउनुस्।’

विदेशमा रहेका केही युवा जमातले दलहरूप्रति विषाक्त विचार प्रवाह गरिरहेको भन्दै महासचिव पोखरेलले उनीहरूलाई सहि राजनीतिक स्कूलिङ दिन विदेश भएका कार्यकर्तालाई परिचालन गर्नुपर्ने बताए। एमालेले ४० वर्ष मुनीका युवालाई लक्षित गरी युवाहरूको शिखर सम्मेलन राख्ने तयारी गरेको जानकारी दिँदै महासचिव पोखरेलले युवालाई आकर्षित गर्ने र पुराना कार्यकर्ताहरूलाई जोड्ने गरी प्रभावकारी योजना निर्माण गरिने बताए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->