पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पूर्वगृहमन्त्री समेत रहेका लामिछाने जीबी राई सञ्चालित गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक हुन् ।
जिल्ला अदालत पोखराका न्यायाधीश कृष्णजंग शाहकाे इजलासबाट सहकारीमा मुछिएका लामिछानेलाई पक्राउ पुर्जी जारी भएको हो ।





