बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

रवि लामिछाने पार्टी कार्यालयमा, पुग्यो प्रहरीले पक्राउ गर्ने सूचना

रवि लामिछाने पार्टी कार्यालयमा, पुग्यो प्रहरीले पक्राउ गर्ने सूचना


  • ढोरपाटन संवाददाता
  • असोज ६ २०८१, आइतबार

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भए लगतै उनलाई पक्राउ गर्ने तयारी प्रहरीको छ । पूर्वगृहमन्त्री समेत रहेका लामिछाने जीबी राई सञ्‍चालित गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक हुन्‌ ।

जीबी राईले सहकारीको रकम गोर्खा मिडियामा ल्याएको र सो रकम रविले समेत हस्ताक्षर गरेर खर्च गरेको भन्दै सहकारी छानबिन विशेष संसदीय समितिले गोर्खा मिडियामा रकम खर्च गरेको हकमा कानूनबमोजिम कारबाहीको सिफारिस गरेको थियो ।

सो सिफारिस कार्यान्वयन गर्न सरकारले निर्देशन दिएलगत्तै प्रहरीले छविलाल जोशीलाई आज साँझ पक्राउ गरिसकेको छ । पूर्वगृहमन्त्री तथा रास्वपा सभापति लामिछाने भने अहिले बनस्थलीस्थित पार्टी केन्द्रिय कार्यालयमा अन्य नेताहरुसंग छलफल गरिरहेका छन् ।

रास्वपाले काठमाडौं उपत्यकाका आफ्ना कार्यकर्तालाई केन्द्रीय कार्यालयमा बोलाएको छ । रास्वपा बागमती प्रदेशका सभापति डा. अच्युत्तम लामिछानेले उपत्यकाका पार्टी सदस्यहरुलाई यथासक्य छिटो केन्द्रीय कार्यालयमा उपस्थित हुन आग्रह गरेका छन् ।

सभापति लामिछाने पार्टी कार्यालयभित्रै छन् भने नेता कार्यकर्ताहरु अहिले धमाधम पार्टी कार्यालयमा प्रवेश गरिरहेका छन् । अहिले केही सादा पोशाकका र केही बर्दीका प्रहरीहरु रास्वपा कार्यालय बाहिर जम्मा भएका छन् । भित्र सञ्चारकर्मी तथा पार्टी कार्यकर्ताहरुको भीड लागेको छ । प्रहरीले आजै गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशीलाई पक्राउ गरेर हवाई यात्रा मार्फत पोखरा लैजादै छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->