बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अदालतको अनुमति

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अदालतको अनुमति


  • ढोरपाटन संवाददाता
  • असोज ६ २०८१, आइतबार

काठमाडौं / अदालतले दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति दिएको छ । साइबर अपराध गरेको आरोपमा मेडिकल व्यवसायी प्रसाईंलाई भक्तपुरको मध्यपुर थिमिस्थित निवासबाट आइतबार प्रहरीले नियन्त्रणमा लिएको थियो ।

त्यसपछि अनुसन्धान गर्न म्याद थपका लागि जिल्ला अदलात काठमाडौं अदालत ल्याइएको थियो । जिल्ला अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएकाे हाे । जिल्ला अदालतका न्यायाधीश बालकृष्ण वाग्लेको इजलासले प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको जिल्ला अदालत काठमाडौँका स्रेस्तेदार रामु शर्माले जानकारी दिए। प्रसाईंविरुद्ध साइबर ब्युरोमा उजुरी परेको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य टीका संग्रौला (ज्वाला) लगायतका पीडित महिलाले प्रसाईंविरुद्ध ब्युरोमा जाहेरी दिएका थिए। सोही जाहेरीपछि अदालतको अनुमति लिएर प्रसाईंलाई प्रहरीले पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->