मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

‘सांकेतिक भाषाको सम्मान गरौं’

‘सांकेतिक भाषाको सम्मान गरौं’


  • ढोरपाटन संवाददाता
  • असोज ७ २०८१, सोमबार

बागलुङ/‘फरक क्षमता भएकाहरुको सम्मान गरौं’ भन्ने नारासहित सातौं सांकेतिक भाषाहरुको अन्तराष्ट्रिय दिवश बागलुङमा पनि मनाइएको छ । बागलुङ बहिरा संघको अगुवाईमा सरोकारवालाको सहभागितामा दिवश मनाइएको हो ।
दिवशमा सहभागिले सांकेतिक भाषाको सम्मान गर्नुपर्ने बताए । कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले अपांगता भएका नागरिकको अधिकारका लागि नगरपालिकाले साथ दिने बताए । उनले सांकेतिक भाषाको विकास गर्न, अपांगको अधिकार संरक्षणका लागि खेल्नुपर्ने भूमिकामा साथ दिन तयार रहेको पनि बताए । अपांगता भएपनि अबसर पाएमा उनीहरुले सबैखाले काम गर्न सक्ने, देशका लागि योगदान गर्न सक्ने भएकाले अवसरको खाँचो भएको उनले बताए ।
बागलुङ बहिरा संघका सचिव बासु थकालीको अध्यक्षता, धौलागिरि बहिरा आबासीय माबिकी शिक्षक साबित्री थापाको संचालन र पूर्व प्रधानाध्यापक बसन्तजंग राजभण्डारीको स्वागतमा सम्पन्न कार्यक्रममा धौलागिरि बहिरा आवासीय विद्यालयका बिद्यालयका अध्यक्ष केवी राना मगरले शुभकामना दिए ।
उक्त अवसरमा बहिराहरुले प्लेकार्ड सहितको ¥याली समेत प्रर्दशन गरेका थिए । सांकेतिक भाषालाई राज्यको कामकाजी भाषा बनाउनुपर्ने उनीहरुको माग छ । साथै, उनीहरुले हरेक कार्यालय वा सरकारी र सार्वजनिक संस्थामा दोभाषे राख्नुपर्ने धारणा पनि राखेका थिए । यसरी दोभाषे राख्दा राज्यको सेवा सुविधामा पनि समान पहुँच बढ्ने आस राखेको थकालीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->