पोखरा / सहकारीको रकम अपचलन आरोपमा आइतबार पक्राउ नेपाल प्रहरीका पूर्वडिआइजी तथा गोरखा मिडिया नेटवर्कका पूर्व सञ्चालक छविलाल जोशीलाई कास्की जिल्ला अदालतले सोमबार ५ दिन थुनामा राख्न म्याद दिएको छ । कास्की प्रहरीले जोशीलाई १० दिन थुनामा राख्न माग गरेको थियो । जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडैलको इजलाशले ५ दिनका लागि म्याद थपेको हो ।
काठमाडौँमा पक्राउ परेका जोशीलाई आइतबार राति पोखरा ल्याइएको थियो । पोखराको सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा ठूलो रकम ल्याएको प्रतिवेदन संसदीय छानबिन समितिले दिएपछि जोशीविरुद्ध कास्की प्रहरीले अनुसन्धान गर्न पक्राउ गरेको हो ।





