बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कांग्रेस एमालेको गठबन्धनले जनतामा सकरात्मक सन्देश प्रवाह भएको छ– मुख्यमन्त्री पाण्डे

कांग्रेस एमालेको गठबन्धनले जनतामा सकरात्मक सन्देश प्रवाह भएको छ– मुख्यमन्त्री पाण्डे


  • ढोरपाटन संवाददाता
  • असोज ७ २०८१, सोमबार

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेस र एमालेको बर्तमान गठबन्धनले जनतामा सकरात्मक सन्देश प्रवाह भएको बताएका छन । दोस्रोपटक मुख्यमन्त्री भएपछि पहिलोपटक सोमबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै पाण्डेले अव राजनीतिक स्थिरता पनि हुने् दावी गरे ।

सरकार परिवर्तन, गठबन्धन परिवर्तन हुने जेजस्ता घटनाक्रम भए पनि यसले नागरिकप्रतिको निष्ठा, सेवाभाव र प्राथमिकता परिवर्तन नभएको उनले बताए । पछिल्लो चरणमा सरकार अस्थितर भयो भन्ने जनगुनासो रहेको र २ ठुला दल गवठबन्धनपछि अव अस्थिर सरकार भयो भन्ने जनताले भोलिका दिनमा सुन्न नपर्ने विश्वास उनले दिलाए । ‘विश्लेषण आआफ्नै होलान’ उनले भने, ‘मलाई लागेको छ, अहिलेको गठबन्धनले जनतनामा सकरात्मक सन्देश प्रवाह भएको छ ।’
राजनीतिक स्थिरताविना आर्थिक समृद्धि हुन नसक्ने भन्दै उनले अहिलेसम्मको सरकारको नेतृत्व वा सहभागी भएको अनुभवका आधारमा अव राजीतिक स्थिरतासाथ जनताको चाहना अनुरुप आर्थिक प्रगति र समृद्धिमा हिडाउँन दुई ठूला दल प्रतिवद्ध रहेको उनले बताए । आफु प्राथमिकतासाथ जनतासमक्ष गरेका प्रतिवद्धता कार्यान्वयन गर्न हिजोजस्तै आज र भोली पनि प्रतिवद्ध रहेको उनले सुनाए ।

आफु उत्तेजित र संयमित नुहने भन्दै मुख्यमन्त्री पाण्डेले सरकार छाम्दाखेरी अनुभव हुने, सुन्दा सुनिने र हेर्दा देखिने बनाउन लागिपरेकोले आरोप, प्रत्यारोप, तेरो र मेरो भनेर अल्झेर बसेर मात्र नहुने बताए । दलहरुबीच सहमति र सहकार्यलाई अगाडि बढाउने प्राथमिकतामा रहेको उनको भनाई थियो ।  ठुला दल एक ठाउँमा अर्थात पहिलो र दोस्रो दल एक ठाउँमा आएर सरकार बनाउँदा साना दलको अस्तित्वलाई समाप्त पार्ने खेल हो, षडयन्त्र हो भन्ने पनि गरिएका उनले बताए । दुई दल मिलेर कुनै पनि साना राजनीतिक दललाई निषे्ध गर्ने, अस्तित्वलाई अस्वीकार गर्ने मनोभाव र परिकल्पना आफुहरुले नगरेको उनले उल्लेख गरे । तर जनताको जनमतबाट कोही समाप्त हुन्छन भने त्यसको जिम्मेवारी लिन नसक्ने उनको भनाई थियो । ‘जनताले नेपालमा २ राजनीतिक दलमात्र अस्तित्व स्विकार्नुपर्छ भन्ने अभिमत दिएमा त्यसलाई स्विकार्नु पर्छ । तर हाम्रो गन्तव्य र कल्पना त्योतर्फ छैन’ उनले भने ।

उनले चालु अधिवेशनमा पारित नीति तथा कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयनमा प्रतिवद्धता जनाए । प्रदेश सरकारको मुख्य कार्यक्षेत्रको रुपमा राजनीतिक, प्रशासनिक, वित्तयि व्यवस्थापन, से्वा प्रवाह एवं बिकासका कामलाई संवैधानिक कार्यसूची, ऐन, संघीय र प्रदेश कानुन बमोजिम आवस्यक नीति तर्जुमा, योजानवद्ध बिकास संघ र स्थानीय तहसंग आपसी समन्वय र सहकार्यलाई बिकास, सुशासन र अन्तरसम्बन्धलाई सुदृढ तुल्याउन निरन्तर प्रयासमा रहने उनले बताए । उपलब्ध जनशक्ति, अधिकार, स्रोतसाधन र जिम्मेवारीमार्फत सिर्जनशिलता, व्यवसायिकता आन्तरिक प्रतिस्पर्धात्मक बिकास गरी नागरिकको अपेक्षा अनुसार सार्वजनिक सेवा प्रवाहमा थप प्रभावकारी र गुणस्तरीय बनाउँदै लग्ने उनले बताए । संवैधानिक तथा कानुनी सिमा र सम्बन्धभित्र रही विविध चुनौतिको सामाना गर्ने भूमीकालाई प्रभावकारी बनाउँदै कामकारवाहीलाई जनमुखी, नतीजामुखी र परिवर्तनमुखी बनाउन निरन्तर प्रयास भइरहने उनको भनाई थियो ।

विपद् व्यवस्थापनलाई कसरी कुशलतापूर्वक व्यवस्थापन गर्ने भन्ने मुख्य चुनौति रहेको उनले उल्लेख गरे । मानवीय र भौतिक क्षतिलाई कसरी न्यूनिकरण गर्ने भन्ने विषयलाई पहिलो प्राथमिकतामा राखिएको भन्दै उनले आवस्यक कानूनी र संरचनाको प्रवन्ध मिलाइएको जनाए । वैशाखयता प्रदेशमा प्राकृतिक विपद्बाट ७३ जनाले ज्यान गुमाएको, ३ बेपत्ता र ८२ जना घाइते भएको उनले तथ्यांक पेश गरे । १७ करोड बराबरको भौतिक क्षति भएको पनि उनले बताए । मगर र गुरुङ भाषालाई सरकारी कामकाजको बनाउन कानुन निर्माण प्रक्रिया सुरु गरिएको उनले बताए । सहकारीमा भएको अनियमितता बिकाराल समस्याको रुपमा रहेको भन्दै उनले दोषी जुनसुकै पार्टीको नेता, वा व्यक्ति भए पनि कारवाहीको दायरामा ल्याउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->