बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

समावेशी बचतको १७ औं वार्षिक साधारण सभा

समावेशी बचतको १७ औं वार्षिक साधारण सभा


  • ढोरपाटन संवाददाता
  • असोज ७ २०८१, सोमबार
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0; module: photo; hw-remosaic: false; touch: (-1.0, -1.0); modeInfo: ; sceneMode: 8; cct_value: 5200; AI_Scene: (-1, -1); aec_lux: 57.0; aec_lux_index: 0; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0; albedo: ; confidence: ; motionLevel: 0; weatherinfo: null; temperature: 37;

पोखरा/ समावेशी बचत तथा ऋण सहकारी संस्था पोखरा–१ वगरको १७ औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।
साधारण सभामा विभिन्न व्यक्तिलाई सम्मान गरिएको छ । कार्यक्रममा ज्येष्ठ सदस्यतर्फ शरण श्रेष्ठ, अनुशाशित बचत सदस्य सीता अधिकारी र असल ऋणिबाट वलराम भट्टराईलाई सम्मान गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथी पोखरा महानगर पालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङ र संस्थाकी अध्यक्ष सीता गुरुङले सम्मानित व्यत्तित्वलाई सम्मान गरेका थिए । सभामा संस्थाकी सचिव जीवन अधिकारी, कोषाध्यक्षको तर्फबाट सदस्य रामप्रसाद श्रेष्ठ र लेखा समिति संयोजक रामप्रसाद अधिकारीले संस्थाको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाको गत असार मसान्त सम्म चुक्ता पूजीँ १ करोड ३४ लाख २५ हजार, निक्षेप संकलन १ करोड ७६ लाख १ हजार ८४ र ऋण लगानी ३ करोड ३१ लाख रहेको छ ।

कार्यक्रममा प्रमुख अतिथी पोखरा महानगर पालिकाकी उपप्रमुख मञ्जुदेवि गुरुङले सहकारीमा पछिल्लो समय देखिएको समस्याका वारेमा सचेत भएर अगाडि बढ्न शेयर सदस्यहरुलाई आग्रह गरिन् । ‘केही सहकारी संस्थाले गर्दा सहकारीहरुमा अहिले विचलन र संकट पैदा भएको छ’ उनले भनिन्, ‘शेयर सदस्यहरु नै चनाखो भई सहकारीमा आउने विचलन र संकट हटाउनु पर्दछ।’ सहकारीका सात सिद्धान्त पूर्णरुपमा पालना गरेको खण्डमा सहकारीमा कुनै समस्या नआउने उहाँले प्रष्ट पारिन ।

कार्यक्रममा पोखरा महानगर पालिका वडा नं. १ का वडा अध्यक्ष साहारा प्रधानले सहकारी संस्थाले आर्थिक कारोवारमा मात्र जोड नदिइ सामाजिक उत्तरदायित्व वहन गरेको उल्लेख गरे । सामुदायिक सेवा एवम सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिका प्रथम उपाध्यक्ष मनपति भण्डारीले शेयर सदस्यहरुको सहकार्यले मात्रै संस्थालाई मजवुद वनाउन सकिने बताए । सेती मोदी बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष गंगाबहादुर गुरुङ, समावेशी बचत तथा ऋण सहकारी संस्थाका शिक्षा उपसमिति संयोजक कल्पना थापा, शेयर सदस्य गोपाल बहादुर गुरुङले पनि बोलेका थिए ।

समावेशी बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष सीता गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष रञ्जन कुमार बुद्धचार्याले स्वागत र सचिव जीवन अधिकारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->