बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सुख्खा पहिरोमा परी गुल्मी मालिकाकी एक महिला बेपत्ता

सुख्खा पहिरोमा परी गुल्मी मालिकाकी एक महिला बेपत्ता


  • ढोरपाटन संवाददाता
  • असोज ७ २०८१, सोमबार

गुल्मी / सुख्खा पहिरोमा परी मालिका गाउँपालिका-२ जुनाम सिम्लेस्थित एक महिला बेपत्ता भएकी छन्। ६९ वर्षीया टनि पुन आइतबारदेखि बेपत्ता भएकी हुन्। जिल्ला प्रहरी कार्यालयका अनुसार घर नजिकै रहेको मनकामना सामुदायिक वनमा गोरु चराउन गएको बेला सुख्खा पहिरो झरेको थियो। त्यसपछि उनी बेपत्ता भएकी हुन्।

पहिरो गएको ठाउँमा आज खोजतलास गर्ने क्रममा दुइवटा गोरू मरेको भेटिएको प्रहरीले जनाएको छ। उक्त सामुदायिक वनको छ सय मिटर माथिबाट सुख्खा पहिरो गएको थियो।

पुन अझै सम्पर्कमा नआएकाले पहिरोमा पुरिएको हुनसक्ने प्रहरीको अनुमान छ। स्थानीय र प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी शंकरप्रसाद पोख्रेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->