मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

बागलुङ बसपार्क चलाउन द्रुतमार्गबाट काम गर्न सुझाव

बागलुङ बसपार्क चलाउन द्रुतमार्गबाट काम गर्न सुझाव


  • ढोरपाटन संवाददाता
  • असोज ८ २०८१, मंगलबार
??????

बागलुङ/नवनिर्मित आधुनिक बसपार्क दिगो सञ्चालनका लागि आवश्यक सबै पूर्वाधार द्रुतमार्गबाट निर्माण गर्न सरोकारवालाले सुझाव दिएका छन् । उद्घाटनपछि बसपार्क नियमित सञ्चालनमा आउन नसकेको विषयमा जनमानसमा उब्जेका जिज्ञासाहरुको जवाफ दिनेगरी बसपार्क चल्ने आधार तयार गर्नुपर्नेमा सरोकारवालाको जोड थियो ।
बसपार्क सञ्चालनको विषयमा बागलुङ नगरपालिकाले आयोजना गरेको छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले सुरक्षाका दृष्टिकोणले कुनै पनि कमी नहुने भन्दै बसपार्कमा सहजै बस पुग्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । चिप्लेँटी बसपार्क समेत नियमित सञ्चालनमा रहनेगरी आवश्यक निर्णय लिन उनले नगरपालिकालाई आग्रह गरे ।
निवर्तमान नगरप्रमुख जनकराज पौडेलले पहुँचमार्ग निर्माणका लागि प्रदेश सरकारको बाटो नहेर्न आग्रह गरे । उनले प्रदेश सरकार साझेदारीमा काम गर्न इच्छुक भएकाले त्यसो गर्दा दुई वर्ष बढी समय लाग्ने भन्दै तत्काल पहुँचमार्ग विस्तारको काम गर्नुपर्नेमा जोड दिए । उनले बसपार्क चल्छ वा चल्दैन भन्नेभन्दा अब नियमित कसरी चलाउने भन्नेमा ध्यान दिन आग्रह गरे ।
धौलागिरी गण्डकी यातायात सेवा प्रा.लि.का अध्यक्ष उमेश केसीले बसपार्क पुग्ने सडक अझै सहज नभएको भन्दै त्यसका लागि ध्यान दिन आग्रह गरे । विद्युतीय सवारी साधनलाई बाध्य बनाएर अहिले नयाँ बसपार्कमा पठाईएको भएपनि सबै ठुला सवारी साधन बसपार्क जाने अवस्था नरहेको उनको भनाई थियो । बसपार्कभित्र खानेपानी, नुहाउने धुने जस्ता आधारभुत आवश्यकताको सम्बोधन हुने पूर्वाधार नभएको उनको भनाई थियो । बसपार्क चल्नुपर्छ भन्ने मानसिकताले नाफा घाटा हिसाब नगरी जिम्मेबारी लिएको उनले बताए ।
छलफलमा सहभागि उपभोक्ता, पत्रकार तथा विभिन्न क्षेत्रसँग सम्बन्धित सरोकारवालाले बसपार्क सञ्चालनका लागि बिभिन्न उपायहरुको विषयमा सुझाव राखेका थिए । अहिले चलिरहेको बसपार्कमा साना सवारी राख्ने, दुवै बसपार्क समानुपातिक हिसाबले सञ्चालन गर्ने, मापदण्डभन्दा बाहिर बनेका संरचना भत्काएर सडक बिस्तार गर्ने लगायतका सुझावहरु सरोकारवालाले प्रस्तुत गरे ।
नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बसपार्क सञ्चालनका लागि सबै तहबाट सकरात्मक प्रयास भैरहेको बताए । उपप्रमुख राजु खड्काले कानूनले मिल्नेसम्म सबै कुवार्नी गरेर भएपनि बसपार्क सञ्चालनका लागि नगरपालिका तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->