बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

१०३ वटा च्याङ्ग्रा चोरी गर्ने पक्राउ

१०३ वटा च्याङ्ग्रा चोरी गर्ने पक्राउ


  • ढोरपाटन संवाददाता
  • असोज ८ २०८१, मंगलबार

पोखरा/ मुस्ताङीको १०३ च्यांग्रा चोरी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही जिल्लाको शुद्धोधन गाउँपालिका वडा नम्बर ४ घर भई हाल पोखरा–७ मासबार बस्ने ५० वर्षीय मोहम्मद फकिर रहेका छन । कास्की प्रहरीका अनुसार फकिरलाई सोमबार पोखरा–४ बाट पक्राउ गरिएको हो ।

यही असोज १ गते मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ का ताक्ला गुरुङको घरगोठमा गएका फकिर समेत ३ जना व्यक्तिले १०३ वटा च्याङ्ग्राहरु ४२ लाख रुपैयाँमा खरीद गर्ने भनि मोलमोलाई गरेका थिए । तर अहिले पैसा नलिई आएकाले पोखरा गएपछी दिन्छौ भनी बिश्वास दिलाई ताक्ला गुरुङलाई समेत उनीहरुले संगै ल्याएका थिए । गुरुङ पोखराको ड्यामसाईड स्थित एक होटलमा सुतेको अवस्थामा असोज ३ गते विहान ४ बजेको समयमा उक्त च्याङ्ग्रा सहितको गाडी लिई फकिरको समुह सम्पर्कविहिन भएको थियो । यस विषयमा कास्की प्रहरीमा निवेदन परेपछि खोजतलास तथा अनुसन्धान गर्दै जाँदा फकिरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । फकिरलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट ठगी अपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसूरमा ६ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको छ । प्रारम्भिक बयानमा फकिरले ती च्याङ्ग्राहरु असोज २ मा पोखराको घट्टेखोलाबाट अन्यत्र सवारी साधनहरुमा लोड गरी बिक्री गरेको बताएका छन ।

फकिरको समुह निजी कार चढेर च्यांग्रा ब्यापारका खरिद गर्न मुस्ताङ पुगेको थियो । उनीहरुले ताक्ला गुरुङको च्यांग्रा प्रतिगोटा ३७ हजारमा मोलतोल गरेका थिए । त्यसपछि बुधबार साँझ चराङका स्थानीय किमी छोटेन गुरुङको ग १ ख ५१७४ नम्बरको ट्रकमा १०३ वटा च्यांग्रा लोड गरी पोखरा ल्याइएको थियो । ट्रकमा लोड गरिएको च्यांग्रा पोखरा हेम्जा याम्दीमा झारिएपछि फकिरको समुहले अन्य साधनमा लोड गरेर बिक्री गरेको हो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->