बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

रवि लामिछाने भन्छन्: ‘संसदीय छानबिन समितिको सिफारिस कार्यान्वयन गर्न तयार छु’

रवि लामिछाने भन्छन्: ‘संसदीय छानबिन समितिको सिफारिस कार्यान्वयन गर्न तयार छु’


  • ढोरपाटन संवाददाता
  • असोज ८ २०८१, मंगलबार

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू संसदीय छानबिन समितिले गरेको सिफारिस कार्यान्वयनका लागि तयार रहेको बताएका छन् । मंगलबार साँझ फेसबुक लाइभबाट लामिछानेले आफू ग्यालेक्सी टेलिभिजनमा रहँदा भएको ‘आर्थिक अपचलन’को जिम्मेवारी लिन तयार रहेको बताएका हुन् ।
तर, सहकारीबाट अरू सञ्चारमाध्यममा पनि पैसा आएको खुलेकाले उनीहरू पनि कारबाहीको दायरमा आउनुपर्ने उनको भनाइ छ । उनले आफूलाई पक्राउ गर्ने उद्देश्यले नै छविलाल जोशीलाई पक्राउ गरिएको समेत बताएका छन ।

लामिछानेले आफू पक्राउ पर्छु भनेर नडराएको बताए । ‘म डराएको छैन, डराउँदिनँ । अस्ति पनि झोला बोकेरै आएको थिएँ’, उनले भने- ‘प्रतिवेदनले भन्यो- मैले सहकारीबाट ऋण लिएको छैन । त्यो आरोपबाट त म मुक्त भएँ । अब बोलिरहनु परेन । कार्यालयमा आएको पैसा खर्च गर्दा कुनै कानूनी कारवाहीको हकदार हुनुपर्छ भने म त्यसका लागि तयार छु ।’

उनले भने, ‘मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन । आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ । तर, छलछाम स्वीकार्य छैन ।’ विगतमा देशका प्रधानमन्त्रीले नै संसदमा उभिएर आफ्नो मुद्दाबारे स्पष्ट पारेको लामिछानेले बताए ।

उनले थपे, ‘सबै संयन्त्रहरुलाई सोधेर प्रधानमन्त्रीले सदनमा नै बोल्नुभएको होइन ? ती सामग्रीहरु अझै छैनन् ? राजनीतिक कित्ता फरक पर्छ । सत्तापक्ष र प्रतिपक्षको सिट फेराफेरमा सत्य फेराmपेर हुँदैन । सत्यको मोलमोलाहिजा हुँदैन । अन्याय गर्न पाइँदैन ।’

आफ्नो समर्थनमा भेला भएकाहरुलाई भिडको संज्ञा नदिन उनले आग्रह गरे । लामिछानेले भने, ‘भिड होइन, शुभचिन्तकहरु हुन् । अन्याय पर्दा जनताले बोल्छन् । मैले अपिल गरेको होइन, उहाँहरुले स्तस्फुर्त समर्थन गर्नुभएको हो ।’ उनले एपिवान टेलिभिजनमा पनि सहकारीको रकम आएको प्रतिवेदनमा उल्लेख रहेको भन्दै यो विषयमा मौनता साँधिएको टिप्पणी गरे । आफूलाई मात्रै टार्गेट गर्न खोजिएको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->