बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

रवि लामिछानेका पूर्वसहकर्मी श्रेष्ठ र जोशी कास्की प्रहरी हिरासतको एउटै कोठामा

रवि लामिछानेका पूर्वसहकर्मी श्रेष्ठ र जोशी कास्की प्रहरी हिरासतको एउटै कोठामा


  • ढोरपाटन संवाददाता
  • असोज ९ २०८१, बुधबार

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वसांसद ढाकाकुमार श्रेष्ठ र नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी प्रहरी हिरासत कास्कीमा रुमपार्टनर बनेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतका ५ वटा कोठा मध्येको एउटा कोठामा श्रेष्ठ र जोशी संगैछन् । प्रहरी हिरासतका ५ वटा कोठा मध्ये ३ वटा कोठा ठूलठूला छन्। यी कोठामा २० जनाका दरले थुनुवालाई राख्न सकिन्छ। अहिले यी तीनवटै कोठा भरिभराउ छन्। अर्का २ वटा कोठा साना छन्। तिनै साना मध्येको एउटा कोठामा श्रेष्ठ र जोशी संगैछन् ।

श्रेष्ठ १२ दिनदेखि सोही हिरासतमा छन्। उनलाई भदौ २७ गते प्रहरीले पक्राउ गरेको थियो। उनले सञ्चालन गरेको दिया फार्मेसीबाट लागु औषध बिक्री भएको सूचनापछि प्रहरीले पक्राउ गरेको हो। त्यसअघि नै प्रहरीले दुई जना लागु औषध प्रयोगकर्तालाई पक्राउ गरेको थियो। उनीहरुको साथबाट लागु औषध बरामद भयो। उक्त लागु औषध कहाँबाट खरिद गरेको भनी अनुसन्धान गर्दा श्रेष्ठसम्म प्रहरी पुगेको थियो । उनलाई प्रहरीले अन्य थुनुवासँग नमिसाई छुट्टै राखेर अनुसन्धान गरिरहेको थियो।

आइतबार कास्की प्रहरीकै अनुरोधमा काठमाडौंको बानेश्वरबाट पूर्वडीआईजी जोशी पक्राउ परेपछि श्रेष्ठले रात कटाउने साथी पाएका छन्। अहिले उनीहरु एउटै कोठामा छन् । जोशीविरुद्ध कास्कीको सूर्यदर्शन सहकारीका बचतकर्ताले गत माघमा नै जाहेरी दिएका थिए। सहकारी ठगीमा यसअघि नै मुद्दा दर्ता भइसकेको थियो। केही पक्राउ परेर पुर्पक्षका लागि थुनामा पनि गइसकेका छन्। सहकारीका अध्यक्ष जीबी भन्ने गितेन्द्रबाबु राईसहित आधाभन्दा बढी अभियुक्त भने अझै फरार छन्। पूर्वगृहमन्त्री रवि लामिछानेसहित जोशीविरुद्ध पनि पूरक जाहेरी परेको थियो। श्रेष्ठ र जोशी यी दुवैजना रास्वपा सभापति रवि लामिछानेका पूर्वसहकर्मी/साझेदार हुन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->