पोखरा/ पोखराको सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति र सहकारी बचत संघ कास्कीले सहकारीपीडितहविरुद्ध प्रदर्शन गरेर रास्वपाले पीडितको पीडामाथि उपहास गरेको गरेको जनाएका छन । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताले यही असोज ७ मा आफ्ना पार्टी अध्यक्ष रवि लामिछानेलाई पक्राउ गर्न लागिएको भन्दै पोखरामा प्रदर्शन गरेका थिए । रास्वपाले बचत रकमको सुनिश्चितताको विरुद्ध प्रर्दशन गरेको भन्दै उनीहरुले बधुवार विज्ञप्तिमार्फत आपत्ति जनाएका हुन् ।
सहकारी ठगीमा परेको विषयमा गम्भिर भएर सोच्नुपर्ने बेलामा सहकारी पीडित विरुद्धको नाटकीय रुपमा लाग्दा अच्चममा परेको विज्ञप्तिमा उल्लेख छ । सहकारी पिडितलाई विभिन्न झुटा लान्छाना लगाउने काम भइरहेको उनीहरुको भनाइ छ । ‘‘दश झुटा लान्छाना सहन तयार छौं तर त्यसको बदलामा पीडीतको रकम फिर्ता होस् के यो कुरामा तपाई र तपाईको पार्टी सहमत छ, पीडितको उपहास गर्दै हिडेको देख्दा यो पीडाको दुखाईमा पनि लाज लागेर आएको छ’ विज्ञप्तिमा भनिएको छ । गलत विषयमा जोडेर पीडितलाई फुटाउने, टुटाउने, नेतृत्व कमजोर बनाउने र असफल बनाउने प्रयास गरिएको सहकारी पीडितहरुको आरोप छ । सहकारी पीडितको बचत रकम फिर्ता गर्न सरकारले सहयोग गरिदिनुपर्ने उनीहरुको माग छ ।





