बागलुङ/विश्व पर्यटन दिवशको अवसरमा आयोजित चारदिने कार्यक्रम अन्र्तगत पहिलो दिन सम्पदा सफाइ अभियान समपन्न भएको छ । बुधबार बिहान होटल व्यवसायी संघको अगुवाईमा चिप्लेटी बसपार्क, नारायण चौतारी लगायतको स्थानमा सफाइ गरिएको हो ।
बागलुङ नगर पर्यटन समितिको अगुवाईमा चार दिने कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रमअन्र्तगत पहिलो दिन सफाइ कार्यक्रम गरिएको हो । बिहिबार भने बागलुङ कालीका मन्दिरदेखि शालीग्राम संग्राहलयसम्म शान्ति दौड, दिउँसो वक्तृत्वकला प्रतियोगिता र बेलुकी नारायण चौतारीमा साँस्कृतिक कार्यक्रम गरिने योजना रहेको समितिका अध्यक्ष तथा नगर उपप्रमुख राजु खड्काले बताए । २७ सेप्टेम्बरको दिन मुल समारोह गरिने छ । दिवश चार दिनसम्म विभिन्न कार्यक्रम गरेर मनाइने छ ।





