बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोखरामा आपतकालिन गोदाम घर संचालनमा

पोखरामा आपतकालिन गोदाम घर संचालनमा


  • ढोरपाटन संवाददाता
  • असोज ९ २०८१, बुधबार

पोखरा/ युरोपेली युनियनको आर्थिक सहयोगमा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले पोखरामा गण्डकी प्रदेशस्तरीय आपतकालिन गोदामघर (मानवीय सहायता केन्द्र) संचालनमा ल्याएको छ । पोखराको पुरानो बिमानस्थलमा निर्मित गोदामघरको संघीय गृहमन्त्री रमेश लेखकले बुधबार भर्चुअलरुपमा उद्घाटन गरे । मन्त्री लेखक मौसमको खरावीका कारण पोखरा आउन नसकेपछि भुर्चुअल्ली उद्घाटन गरिएको हो ।

युरोपेली संघको १ लाख ६१ हजार अमेरिकी डलरको सहयोगमा बनेको गोदाम घरको गत चैतमा कास्कीका तत्कालीन प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले शिलान्यास गरेका थिए । उक्त केन्द्रका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले ४ रोपनी जग्गा उपलब्ध गराएको थियो । पोखराको केन्द्र, देशभरि प्रान्तीय र राष्ट्रिय आपतकालीन प्रतिक्रिया सञ्चालनलाई सहयोग गर्न निर्माण गरिएको बाह्र मञ्च सुविधाहरू मध्ये अन्तिम हो। जसले आपतकालिन र सङ्कटको समयमा दुर्गम स्थानहरूमा राहत सामानहरूको भण्डारण र यातायात सुधार गर्न सञ्जाल बनाउनेछ।

केन्द्रमा राहत सामग्री, उद्धारका उपकरण, खाद्यान्न, जेनेरेटर लगायतका सामग्री राखिने छ । गण्डकीमा आइपर्ने मानवीय संकटका बेला यो केन्द्र उपयोगी हुने डब्लुएफपीले जनाएको छ । विपत्तिका बेला संकलन हुने राहत सामग्रीको अभिलेख राख्ने, सहजीकरण गर्ने र उद्धार एवं राहत वितरणलाई छरितो बनाउनका लागि मानवीय सहायता केन्द्रमार्फत् काम हुने छ । खासगरी भूकम्प, बाढी, पहिरोजस्ता प्राकृतिक विपत्तिपछि राहत तथा उद्धारका लागि केन्द्रले काम गर्ने छ ।


आवश्यक पर्ने क्षेत्रमा खोज र उद्धार उपकरणसहित अत्यावश्यक आपूर्तिका सामग्री प्राप्ती, भण्डारण, पुनः प्याकेजिङ्ग र डेलिभरी गर्ने हबको रूपमा केन्द्र उपयोगी हुनेछ । गण्डकी प्रदेशमा आपतकालिन बन्दोबस्ती क्षमता अभिबृद्धि गर्नुे उद्देश्य यसको छ । काठमाडौं र पोखराको निकट दुरीलाई मध्यनजर गरी ठूलो प्रकोप भएको अवस्थामा र काठमार्डौंको आपतकालिन गोदाम घरमा भिडभाड भएको खण्डमा पोखरामा रहेको गोदाम घरले अन्तराष्ट्रिय राहत प्रयासको लागि बैकल्पिक प्रवेश बिन्दुको रूपमा काम गर्न सक्ने डब्लुएफपीको भनाइ छ । यस बाहेक, पोखराको आपतकालीन ग।ेदाम घरले स्थानीय आपतकालीन प्रतिकार्यहरुमा सहयोग पु¥याउने र आपतकालीन बन्दोवस्ती प्रशिक्षण केन्द्रकोरुपमा कार्य गर्ने छ ।  गाेदाम घरको स्थापनाले गण्डकी प्रदेशका सम्पूर्ण जनता लाभान्वित हुनुका साथै विपद्को समयमा द्रुत तथा समन्वयात्मक प्रतिकार्यलाई सहज बनाउने विश्वास कार्यक्रमको छ । ।
केन्द्र ७०० मेटन भण्डारण क्षमताको छ । ४ वटा प्रिफ्याव कार्यालयहरु (सभाकक्षसहित) रहेका र अनुमानित १५ सय बर्गमिटर क्षेत्रफल ओगटेको छ । यहाँ ७५ सय लिटर इन्धन भण्डारण गर्ने ब्लाडर पनि जडान गरिएको छ । विपद्पश्चात खोज, उद्धार, आपतकालिन राहत तथा पुर्नस्थापना सामाग्री बितरण हुने केन्द्रको ढुवानी लोड क्षमता १० मेटन र ४ मेटन रहेको छ ।

गृहमन्त्री लेखकले भर्चुअलरुपमा मन्तव्य दिदै उद्घाटन गरेपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ताम्रपत्रको अनावरण गरेका थिए । गृहमन्त्री लेखकले विपद् व्यवस्थापनका लागि ३ तहकै सरकार मिलेर काम भइरहेको र आगामी दिनमा समेत यसले निरन्तरता पाउने जनाएका थिए । पोखरामा बनेको सहायता केन्द्र सञ्चालनमा आएपछि यस क्षेत्रको विपद् व्यवस्थापनमा चुस्त हुने विश्वास उनले व्यक्त गरेका छन ।

मुख्यमन्त्री पाण्डेले प्रदेशले विपद व्यवस्थापन कोष सञ्चालन गर्दै आएको बताए । गण्डकी प्रदेश सरकारले सुरक्षा निकायको क्षमता अभिवृद्धि गर्दै राहत तथा उद्धारमा एकद्वार नीति अवलम्बन गर्दै आएको उनको भनाइ थियो । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले छिटै कार्यविधि बनाएर केन्द्र सञ्चालनमा ल्याइने प्रतिबद्धता जनाए ।

नेपालका लागि युरोपेली संघका राजदुत भेरोनिक लोरेन्जोले नेपालमा बाढी र भुस्खलन जस्ता प्राकृतिक प्रकोप ठूलो खतराको रुपमा रहेका र यसबाट सबैभन्दा बढी गरीव समुदाय पीडित रहेको बताए । ‘युरोपेली सङ्घले डब्लुएफपीसँग मिलेर नयाँ आपतकालीन प्रतिक्रिया केन्द्र निर्माण गर्न काम गरिरहेको छ’ उनले भने, ‘जसले हामीलाई र नेपाल सरकारलाई छिटो कार्य गर्न र सङ्कट वा प्रकोप हुँदा थप जीवन बचाउन अनुमति दिन्छ ।’ कार्यक्रममा डब्लुएफपीका वरिष्ठ अधिकारीहरू उपस्थित थिए।

डब्लुएफपी नेपाल प्रतिनिधि र कन्ट्री डाइरेक्टर रोबर्ट कास्काले आपतकालीन तयारीमा लगानी गर्दा समय र जीवन बचत गर्न सकिने बताए । प्रदेश स्तरमा लजिस्टिक आधारहरू, मानवीय एजेन्सीहरू र सरकारको क्षमता निर्माणसँगै प्रत्येक प्रदेशलाई प्रकोपहरूलाई छिटो र प्रभावकारी रूपमा प्रतिक्रिया दिन मद्दत गर्ने उनको विश्वास थियो ।

 

संयुक्त राष्ट्र संघ विश्व खाद्य कार्यक्रम विश्वको सबैभन्दा ठूलो मानवीय संगठन हो । यसले आपतकालमा जीवन बचाउने र खाद्य सहायता मार्फत् शान्तिको मार्ग प्रशस्त गर्ने, द्वन्द्व, प्रकोप, विपद् र जलवायु परिवर्तनको प्रभावबाट प्रभाववित भएकाहरूका लागि स्थिरता र समृद्धि कायम गर्ने कार्य गर्दछ । विश्व खाद्य कार्यक्रम सन् १९६१ देखि क्रियाशील छ । नेपाल सरकारलाई सन् २०१३ देखि देशभर आपतकालीन तयारी तथा प्रतिकार्य क्षमताहरू बलियो बनाउन मानवीय सहायता स्थलहरूको राष्ट्रिय सञ्जाल निर्माण गर्न यसले सहयोग गर्दै आएको छ ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->