मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

पशुपंक्षी सम्बन्धि कसूर मुद्दामा फरार प्रतिवादी पक्राउ

पशुपंक्षी सम्बन्धि कसूर मुद्दामा फरार प्रतिवादी पक्राउ


  • ढोरपाटन संवाददाता
  • असोज ९ २०८१, बुधबार

बागलुङ/जिल्ला प्रहरी कार्यालय बागलुङले पशुपंक्षी सम्बन्धि कसूर मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पशुपंक्षी सम्बन्धि कसूर मुद्दामा जिल्ला अदालत बागलुङले २०८० बैशाख ७ गते फैसला सुनाउँदै ढोरपाटन नगरपालिका वडा नं. ९ का मनबहादुर विकलाई २ वर्ष ८ महिना कैद सजाय सुनाएको थियो ।
फैसलालगत्तै फरार रहेका विकलाई बुधबार ढोरपाटन नगरपालिका वडा नं. १ स्थित बुर्तिवाङ बजारबाट पक्राउ गरिएको हो । पक्राउ परेका विकलाई अदालतलको आदेश कार्यान्वयनका लागि कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->