काठमाडौं / दिगो युटिलिटी–स्केल सौर्य र कृषि परियोजनाहरूको विकासको लागि प्राविधिक सहयोग तथा सल्लाह भित्र्याउने उद्देश्यले एनएमबी बैंक लिमिटेडले दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको छ। बैंकले डच फन्ड फर क्लाइमेट एण्ड डेभलपमेन्ट (डीएफसीडी) सँग अमेरिकी डलर २० मिलियनको सम्झौता गरेको हो।
एनएमबी बैंकले अन्तर्राष्ट्रिय मापदण्ड निर्धारण गर्ने निकाय हाइड्रोपावर सस्टेनेबिलिटी एलायन्सले प्रारम्भिक जलविद्युत दिगोपन मूल्याङ्कन गर्न प्राविधिक सल्लाहकार उपलब्ध गराउनका लागि डच उद्यमशील विकास बैंक, एफएमओसँग अर्काे सम्झौता गरेको छ।
त्यसैगरी, बैंकले जलविद्युत परियोजनाहरूका लागि हाइड्रोपावर सस्टेनेबिलिटी एलायन्सद्वारा आयोजित अन्तर्राष्ट्रिय मान्यता प्राप्त स्वतन्त्र दिगोपन मूल्याङ्कनहरू कार्यान्वयन गरी जिम्मेवार बैंक बन्ने अभिप्रायका साथ अघी बढेको छ । बैंकले निकट भविष्यमा आफुले लगानी गरेका जलविद्युत परियोजनाहरूको लागि हाइड्रोपावर सस्टेनेबिलिटी स्ट्यान्डर्ड सर्टिफिकेशन प्राप्त गर्ने लक्ष्य राखेको छ। जुन आयोजनाहरूले स्थानीय समुदाय र उनीहरुको वसोवास्थलको स्थार उन्नति सुनिश्चित गर्दछ।
बैंकले नेपाल विद्युत प्राधिकरणको नेपालभर ८ सय मेगावाटसम्मको ग्रिड जडित सौर्य ऊर्जा विस्तार गर्ने नयाँ परियोजनामा आफ्ना सौर्य उर्जासगँ आवद्व ग्राहकहरूलाई आर्थिक रूपमा मात्र नभई अन्तर्राष्ट्रिय प्राविधिक सल्लाहकार उपलब्ध गराउने र उक्त परियोजनाबाट उल्पादन भएको ऊर्जा कृषि तथा अन्य क्षेत्रमा दिगो रुपमा प्रयोग गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।





