बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित)

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित)

आयात-निर्यात घट्दो, १८% ले बढ्यो रेमिट्यान्स


  • ढोरपाटन संवाददाता
  • असोज १० २०८१, बिहिबार

काठमाडौं/ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको साउन महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ । बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.१० प्रतिशत रहेको छ  ।

आयात ०.६ प्रतिशतले र निर्यात ९.६ प्रतिशतले घट्दा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १८.० प्रतिशतले बढेको छ । यसैगरी  शोधनान्तर स्थिति रु.४० अर्ब ९० करोडले बचतमा रहेको बैंकको भनाइ छ । यसैगरी कुल विदेशी विनिमय सञ्चिति रु.२०९२ अर्ब २२ करोड र अमेरिकी डलरमा १५ अर्ब ५८ करोड रहेको छ भने नेपाल सरकारको खर्च रु.४० अर्ब २१ करोड र राजस्व परिचालन रु.९४ अर्ब ७४ करोड रहेको छ ।

यस्तै विस्तृत मुद्राप्रदाय ०.७ प्रतिशतले घट्दा वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.८ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन ०.७ प्रतिशतले घटेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा ०.३ प्रतिशतले बढेको रिपोर्टमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->