बागलुङ/४५ औं विश्व पर्यटन दिवशको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । बागलुङ नगर पर्यटन विकास समितिले आयोजना गरेको ‘पर्यटन र शान्ति’ विषयक विद्यालय स्तरीय वक्तृत्वकलामा गणेश मावि बलेवाकी अनुज्ञा कँडेल प्रथम भएकी छिन् ।
प्रतियोगितामा जनता–धन माविका प्रविण आचार्य द्वितिय, चिल्ड्रेन लाइफ बोर्डिङकी सलिना छन्त्याल तृतिय र युएस एकेडेमीकी रोजी थापा सान्त्वना भए । पुरस्कृत विद्यार्थीलाई क्रमशः १० हजार, ६ हजार, ३ हजार र १ हजार ५ सय नगद पुरस्कार प्रदान गरियो ।
पर्यटन विकास बोर्ड पोखराको सहयोग र पर्यटन तथा उद्योग कार्यालय बागलुङको सह– आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो । उक्त अवसरमा समितिका अध्यक्ष राजु खड्काले बालबालिकामा पनि पर्यटनबारे धेरै जानकारी बढ्न थालेको बताए । विद्यालय तहमा गठन भएका पर्यटन विद्यार्थी क्लबमार्फत ग्रामीण पर्यटन प्रवद्र्धनका कार्यक्रम पु¥याउने पनि उनले बताए ।





