मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

विद्युतीय अपराध आरोप लागेका केसी पक्राउ

विद्युतीय अपराध आरोप लागेका केसी पक्राउ


  • ढोरपाटन संवाददाता
  • असोज १२ २०८१, शनिबार

बागलुङ/बागलुङ नगरपालिकाका गतिबिधिहरुको तिखो आलोचना गर्दै आएका व्यवसायी एकबहादुर केसी संगम विद्युतीय अपराध अभियोगमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले शुक्रबार उनलाई बागलुङ बजारबाटै पक्राउ गरेको हो ।
उनीविरुद्ध बागलुङ नगरपालिकाले विद्युतीय अपराधमा संलग्न भएको भन्दै जाहेरी दिएको थियो । जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि जिल्ला बाहिर रहेका केसी घर आएको मौकामा प्रहरीले पक्राउ गरेको हो । बागलुङ नगरपालिका वडा नं. १२ स्थायी घर भएका केसी वडा नं. ३ मा बस्दै आएका थिए ।
बागलुङ बसपार्क सञ्चालनको भोलिपल्टै सुनसान भएको समाचार प्रकाशन पछि केसीले बसपार्क पुगेर उद्घाटनको शिलालेख फोड्ने अभिव्यक्ति दिएका थिए । एक युटुव च्यानलमा केसीले शिलालेखहरु फोड्नका लागि तयार हुन सर्वसाधारणलाई आग्रह गरेको विषयलाई लिएर केसी र नगरपालिकाको दुरी बढेको थियो । केसीको अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->