आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

बाढीपहिरोले देशभर ३५ जनाको मृत्यु, ११ जना बेपत्ता

बाढीपहिरोले देशभर ३५ जनाको मृत्यु, ११ जना बेपत्ता


  • ढोरपाटन संवाददाता
  • असोज १२ २०८१, शनिबार

पोखरा/ अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परेर देशभर ३५ जनाको मृत्यु भएको छ । ११ जना बेपत्ता भएका छन ।
बाढीपहिरो र घर भत्किदाँ काठमाडौं उपत्यकामा २३ जनाले ज्यान गुमाएका छन ।

विभिन्न जिल्लामा थप १२ जनाको मृत्यु भएको र ११ बेपत्ता भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन । मृतकमा काठमाडौं र ललितपुरमा ९/९, भक्तपुरमा ५, पाँचथर र धनकुटामा २/२ काभ्रेमा ६, झापा र धादिङमा १/१ जना छन । देशभर एक सय ६२ स्थानमा भौतिक क्षति भएको छ । सशस्त्रक प्रहरीको उद्धार टोलीले सात सय ६० जनाको सकुशल उद्धार गरेको थापाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->