मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

विद्यामन्दिर पुस्तकालय बागलुङको बालमैत्री अभियान शुरु

विद्यामन्दिर पुस्तकालय बागलुङको बालमैत्री अभियान शुरु


  • ढोरपाटन संवाददाता
  • असोज १२ २०८१, शनिबार

बागलुङ/बागलुङको सबैभन्दा पुरानो बिद्यामन्दिर पुस्तकालयमा बाल पुस्तकालय कक्ष बनाइने भएको छ । बाल मैत्री नगर अभियानको सूचक पुरा गर्ने र बालबालिकालाई पठन संस्कार सिकाउने लक्ष्यले यो अभियान थालिएको पुस्तकालयका अध्यक्ष राम थापाले बताए ।
खासगरी बालबालिकालाई मनपर्ने पुस्तक खरिद गर्ने, मोबाइल संस्कृतिमा लागेका बालबालिकालाई पुस्तक पढ्ने बानीको बिकास गर्ने र सानैदेखि अध्ययशिल बनाउने योजना पुस्तकालयले अगाडि ल्याएको हो । त्यसकालागि तत्काल १२ लाख रुपैयाँको योजना बनाएर काम थालिसकेको छ ।
पहिलो चरणमा सहयोग अभियान थालेको पुस्तकालयले आबस्यक फर्निचर, पुस्तक तथा अत्यावस्यक सामाग्री जुटाउन स्थानीयलाई सहयोग समेत मागेको छ । ‘पहिलो चरणमा केही दाताले बालबालिका लक्षित अक्षयकोष समेत स्थापना गरिदिनुभएको छ’ थापाले भने, ‘ती कोषलाई व्यवस्थापन गर्दै संचालन कोष पनि बनाइने छ ।’
शनिवार आयोजित सहयोग अभियानको शुभारम्भमा बागलुङ नगरापलिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले बालमैत्री अभियानमा सहयोग पुग्ने यो काम थालेकोमा पुस्तकालयलाई धन्यवाद दिए । उनले युग सुहाउँदो शिक्षामा लगानी र प्रतिफल बढाउने योजनामा नगरपालिकाको साथ हुने बताए । साथै उनले युवा बिदेशिने भन्दा बिदेशीलाई ल्याउन सक्ने जनशक्ती र वातावरण बनाउन सबैले भूमिका खेल्नुपर्ने बताए । बालमैत्री नगर पनि संस्कार निर्माणको आधार भएको श्रेष्ठको भनाइ छ ।
कार्यक्रममा पुस्तकालयका कावा प्रधान संरक्षक लालचन्द्र राजभण्डारी, प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदी लगायतले मन्तव्य राखे । पुस्तकालयले तयार पारेको पुस्तकालयको लोगो पनि सोही अबसरमा सार्वजनिक गरियो ।
पुस्तकालयका अध्यक्ष राम थापाको अध्यक्षता, सचिव राजन शर्माको संचालन र उपाध्यक्ष रामचन्द्र शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा बागलुङ नगरपालिका ३ की अरुषी श्रेष्ठले ५५ हजार ५ सय ५५, गलकोट नगरपालिका ७ का लक्ष्मी, पुन,म पुजा, कृपा थापाले ५१ हजार ८ सय १७ रुपैयाँको कोष स्थापना गर्ने घोषणा गरे । त्यस्तै सुन्दरी श्रेष्ठले २५ हजारको कोष स्थापना गराएका छन् । साथै दर्जनबढी संस्था र व्यक्तिले पुस्तकालय स्थापनार्थ सहयोग गरिसकेको थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->