बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

मौसम अनुकूल भएसँगै सुर्खेतबाहेक सबै विमानस्थलमा हवाई सेवा सञ्चालन

मौसम अनुकूल भएसँगै सुर्खेतबाहेक सबै विमानस्थलमा हवाई सेवा सञ्चालन


  • ढोरपाटन संवाददाता
  • असोज १३ २०८१, आइतबार

काठमाडौं / मौसम अनुकूल भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै अन्य आठ वटा विमानस्थलबाट हवाई सेवा सञ्चालन भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार आज राति १० बजेसम्म ‘इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स’ (आईएफआर) प्रणालीमा उडान अनुमति दिइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान भइरहेका छन् । प्रतिकूल मौसमका कारण शुक्रबार र शनिबार चार सयभन्दा बढी उडान रद्द भएका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक १५० देखि १६० उडान हुने गरेका छन् । सुर्खेत विमानस्थलबाहेक सबै विमानस्थलबाट उडान भइरहेको छ । यसअघि प्राधिकरणले प्रतिकूल मौसमका कारण शुक्रबार साँझ ७ बजेदेखि शनिबार दिउँसोसम्म सबै आन्तरिक उडान स्थगन गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->