बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोउवा संघको कार्यसमितिमा दुई सदस्यको मनोनयन

पोउवा संघको कार्यसमितिमा दुई सदस्यको मनोनयन


  • ढोरपाटन संवाददाता
  • असोज १३ २०८१, आइतबार

पोखरा / पोखरा उद्योग वाणिज्य संघमा २ जना सदस्य मनोनित भएका छन् । मनोनित हुनेमा ओम शाखिनी सप्लायर्स, न्यूरोड पोखराका संचालक सोवित पौडेल र जय भूपू सैनिक सुनचाँदी पसल महेन्द्रपुलका संचालक कमलबहादुर सुनार रहेका छन् ।

अध्यक्ष गोकर्ण कार्कीले संघको विधान २०६५ (पहिलो संशोधन २०७२) को परिच्छेद ६ को धारा ६.१ को ‘ड’ ले प्रदान गरेको अधिकार प्रयोग गर्दै उनीहरुलाई मनोनित गरेका हुन् । संघको विधान अनुसार साधारण सदस्यमध्येबाट ४ जनालाई अध्यक्षले मनोनित गर्न पाउने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->