आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

काठमाडौ‌बाट पोखरा आउँदै गरेको बस दुर्घटना, १२ जना घाइते, २ को अवस्था गम्भीर

काठमाडौ‌बाट पोखरा आउँदै गरेको बस दुर्घटना, १२ जना घाइते, २ को अवस्था गम्भीर


  • ढोरपाटन संवाददाता
  • असोज १४ २०८१, सोमबार
फाईल तस्बीर ।

 

पोखरा/काठमाडौंबाट पोखरा आइरहेको माइक्रोबस छहरे–टोखा सडक खण्डअन्तर्गत नुवाकोटको शिवपुरी गाँउपालिका–७ मा आज दुर्घटनाग्रस्त हुँदा १२ यात्रु घाइते भएका छन । घाइतेमध्ये २ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

नुवाकोट प्रहरीका अनुसार ग १ ख ४५३५ नम्बरको हायस बस दिउँसो एक बजेको समयमा अदुवाबारीमोडमा अनियन्त्रित भई अन्दाजी ५० मिटर तल खसेको थियो । बसमा १८ जना सवार थिए । बस धादिङको विभिन्न स्थानमा गएको पहिरोका कारण काठमाडौँको टोखाबाट नुवाकोट हुँदै धादिङको गल्छी निस्केर पोखरा जाने क्रममा नुवाकोटमा दुर्घटनामा परेको हो । दुर्घटनास्थलमा ठूलोभीर भएपनि मौवाको रुखमा गाडी अड्किएकाले ठूलो क्षति हुनबाट जोगिएको हो । घाइते सबैलाई उपचारका लागि काठमाडौं लगिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->