बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पार्टीको काम रोकेर उद्धारमा परिचालित हुन एमालेको निर्देशन

पार्टीको काम रोकेर उद्धारमा परिचालित हुन एमालेको निर्देशन

एमालेले सरकारको राहत कोषमा ५० लाख जम्मा गर्ने


  • ढोरपाटन संवाददाता
  • असोज १५ २०८१, मंगलबार

काठमाडौं / सत्तारढ नेकपा एमालेले राहत तथा उद्धार कोषमा ५० लाख उपलब्ध गराउने भएको छ । मंगलबार बसेको एमाले सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेश सभा सदस्यहरुलाई समेत राहत कोषमा सहयोग गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

बैठकले पार्टीको नियमित काम रोकेर राहत र उद्धारमा परिचालित हुनसमेत पार्टी पङ्तिलाई निर्देश गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । बैठकले बाढी तथा पहिरोमा परेर मृत्यु भएकाहरुको परिवार र घाइतेहरुको अभिभावकका रुपमा राज्य प्रस्स्तुत हुनुपर्नेमा जोड दिएको छ ।
साथै, एमाले बैठकले नेपाल सरकारको प्राकृतिक विपद् तथा राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रारम्भिक रूपमा एक अर्ब उक्त कोषमा जम्मा गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->