आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

दिव्यज्योती, केएनबी, सेभेन टु एट र वीआरवन विजयी

दिव्यज्योती, केएनबी, सेभेन टु एट र वीआरवन विजयी


  • ढोरपाटन संवाददाता
  • असोज १५ २०८१, मंगलबार

पोखरा/पोखरा महानगरपालिका १५ नयाँगाउँमा मंगलबारदेखि विकास प्रिजेन्टस् सिक्स ए साइड एमेच्युअर फुटबल प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका १५ को वडा कार्यालय नजिक रहेको खेलमैदानमा ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित फुटबल प्रतियोगिता सुरु भएको हो ।
सो प्रतियोगिताको उद्घाटन खेलमा दिव्यज्योती युवा क्लबले जित निकालेको छ । कफि धिंलाई २–० गोल अन्तरले पराजित गर्दै दिव्यज्योती दोस्रो चरणमा प्रवेश गरेको कार्यक्रम संयोजक विकास गुरुङले जानकारी दिए । उनका अनुसार दिव्य ज्योतीको जीतमा मन्जित थापा र कुशल रानाले समान १/१ गोलको योगदान दिए ।
यस्तै दोस्रो खेलमा नवप्रतिभालाई केएनबीले ३–० गोल अन्तरले पराजित गर्याे । केएनबीको जीतमा बुद्धि गुरुङले २ र अमिर गुरुङले १ गोल गरे ।
यस्तै, सेभेन टु एट गाइज र आर फिफ्टिनबीच भएको तेस्रो २–२ को बराबरीमा निर्धारित समय सकिएपछि पेनाल्टी सुटआउटमा सेभेन टु एट गाइज बिजयी बन्यो ।
चौथों खेलमा वी आर वन टिमले टुटुङ्गा एफसीलाई १–० गोल अन्तरले पराजित गर्याे । वी आर वनको जीतमा विकास गुरुङले निर्णायक गोल गरे ।
खेलकुदले परिचय फराकिलो बनाउँछः वडाध्यक्ष बानियाँ
प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरपालिका १५ का वडाध्यक्ष तोरण बानियाँले खेलकुदले खेलाडीको परिचय फराकिलो बनाउन सघाउ पुग्ने धारणा राखे ।
खेलकुदले अनुशासनको दायरामा राख्दै भाइचारको आपसी सम्बन्धलाई बलियो बनाउन मद्दत गर्ने उल्लेख गरे । ‘खेलकुद यस्तो क्षेत्र हो, जस्ले अनुशासनको दायरामा राखेर आपसी सम्बन्ध मजबुद बनाउन मद्दत गर्छ, उनले भने, ‘यति मात्र होइन यसले खेलाडीको परिचय फराकिलो पनि बनाउँछ ।’
कार्यक्रममा संगम टोल विकास संस्थाका अदिप बराल, फ्याङ्कलिन एजुकेशन कन्सल्टेन्सीका अध्यक्ष गंगा बहादुर क्षेत्री लागायतले बोलेका थिए ।
नयाँगाउँ युवा क्लबको विशेष सहयोगमा पाँच दिन चल्ने सो प्रतियोगिताको विजेताले नगद ६० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले ३० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।
प्रतियोगितामा विधागततर्फ उत्कृष्ट खेलाडी, उदीयमान खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर तथा सर्वाधिक गोलकर्तालाई जनही ३ हजार रुपैयाँले पुरस्कृत गरिनेछ । भने, एउटा अनुशासित टिमलाई नगद ५ हजार प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->