बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बाढीपहिरोबाट साढे १६ अर्बको क्षति

बाढीपहिरोबाट साढे १६ अर्बको क्षति

१ सय ५८ जना घाइते भएका छन् भने ४ हजार ३ सय ३१ जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ। 


  • ढोरपाटन संवाददाता
  • असोज १५ २०८१, मंगलबार

काठमाडौं / बिहीबारदेखि आइतबार साँझसम्म परेको वर्षाका कारण गएको बाढीपहिरोबाट साढे १६ अर्बको क्षति भएको छ। मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलनमा मुख्यसचिव एकनारायण अर्यालले सो जानकारी दिएका हुन्।

उनका अनुसार भौतिक पूर्वाधारतर्फ खानेपानीका संरचनामा ३ अर्ब ५५ करोड, सडक संरचनामा २ अर्ब ५२ करोड, ऊर्जाका पूर्वाधारमा ४ अर्ब, सडक संरचनामा २ अर्ब ५२ करोड क्षति भएको हो।

त्यस्तै कृषितर्फ भने ५ अर्ब ४९ करोड क्षति भएको प्रारम्भिक विवरण रहेको छ। बाढीपहिरोबाट २१ जिल्ला बढी प्रभावित भएका छन्। बाढीपहिरोमा परी अहिलेसम्म २२४ जनाको मृत्यु भएको छ भने २४ जना बेपता छन्। १ सय ५८ जना घाइते भएका छन् भने ४ हजार ३ सय ३१ जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->