काठमाडौं / दुर्गा प्रसाईं धरौटी बुझाएर रिहा भएका छन्। काठमाडौँ जिल्ला अदालतले माग गरेको १ लाख रुपैयाँ धरौटी बुझाएर प्रसाईं रिहा भएका हुन्। जिल्ला अदालत काठमाडौँका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले प्रसाईंविरुद्ध परेका दुईवटा मुद्दामा ५०–५० हजार रूपैयाँ धरौटी माग गरेको थियो। मंगलबार नै सो रकम बुझाएपछि प्रसाईं रिहा भएका हुन्।
उनीविरुद्ध विद्युतीय अपराध सम्बन्धी दुईवटा मुद्दा दायर भएको थियो। नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई गत असोज ६ मा भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ टीका संग्रौलाले उजुरी दिएपछि ब्यूरोले अदालतबाट अनुमति लिएर प्रसाईंलाई असोज ६ गते पक्राउ गरेको थियो।





