बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सर्वोच्चले लगायो बार अध्यक्ष घिमिरेविरूद्ध अदालतको अवहेलना मुद्दा

सर्वोच्चले लगायो बार अध्यक्ष घिमिरेविरूद्ध अदालतको अवहेलना मुद्दा


  • ढोरपाटन संवाददाता
  • असोज १५ २०८१, मंगलबार

काठमाडौं / नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले अदालतको अवहेलना गरेकोले कारबाही गर्न माग गर्दै सर्वोच्च प्रशासनले तयार पारेको प्रतिवेदन दर्ता भएको छ।

नेपाल बारका अध्यक्ष घिमिरेले न्यायाधीश नियुक्तिका विषयलाई लिएर प्रधानन्यायाधीश तथा अदालतको जनआस्थामा असर पुग्ने गरी सार्वजनिक टिप्पणी गरेको भन्दै उपरजिष्ट्रार गोविन्द घिमिरेले उनलाई अवहेलनामा कारबाही गर्नुपर्ने प्रतिवेदन तयार पारेका थिए।

उक्त प्रतिवेदन आज दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए। ‘नेपाल बारका अध्यक्षले सार्वजनिक रूपमा गरेका टिप्पणीले प्रधानन्यायाधीश, अदालतको अवहेलना भएकाले कारबाही गर्नुपर्ने भन्दै उपरजिष्ट्रार ज्यूले तयार पारेको प्रतिवेदन आज दर्ता भएको छ,’ उनले भने, ‘कात्तिक १ गतेलाई पेशी तोकिएको छ।’

बार अध्यक्षले गरेको टिप्पणीप्रति न्याय परिषदले हिजै विज्ञप्ति जारी गरेर खेद प्रकट गरिसकेको छ। बार अध्यक्षले अदालत, न्याय परिषद र प्रधानन्यायाधीशविरूद्ध कुलषित मनसायले अनर्गल र सर्वसाधारणलाई भ्रममा पार्ने गरी सार्वजनिक टिप्पणी गरेको परिषदको विज्ञप्तिमा उल्लेख थियो।

केहीदिनमै उमेर हदका कारण अवकाश लिन लागेका प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ सम्मिलित परिषदले सर्वोच्चमा २ न्यायाधीशमात्र सिफारिस गरेकोमा विरोध गर्दै बार अध्यक्षले एक कार्यक्रममा भाषण गरेका थिए।

नेपाल बारले अहिले मुख्य रजिष्ट्रारलाई उच्च अदालतको न्यायाधीश नियुक्ति गर्दा वरियतामा मुख्य न्यायाधीशभन्दा मुनि र अरू न्यायाधीशभन्दा माथिको रोलक्रम दिने गरी बनाइएको नियमावली खारेज गर्न माग गर्दै विरोध कार्यक्रम गर्दै आएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->