बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बडादशैँको दोस्रो दिन: ब्रह्मचारिणी देवीको आराधना

बडादशैँको दोस्रो दिन: ब्रह्मचारिणी देवीको आराधना


  • ढोरपाटन संवाददाता
  • असोज १८ २०८१, शुक्रबार

पोखरा/ नवरात्रको दोस्रो दिन शुक्रबार नवदुर्गामध्येकी ब्रह्मचारिणी देवीको आराधना गरिँदैछ । नवरात्रमा प्रत्येक दिन भगवती दुर्गाका एक-एक स्वरूपको आराधना परम्परा छ ।

तपस्यामा लीन भइरहने भएकाले दुर्गाको दोस्रो रूपलाई ब्रह्मचारिणी भनिएको हो । यिनी शान्त र मग्न भएर तपमा लीन भइरहेकी हुन्छिन्। कठोर तपस्याका कारण यिनको मुहार तेजयुक्त भएको पुराणमा उल्लेख छ ।

कमलको आसनमा बसेकी ब्रह्मचारिणीको दाहिने हातमा अक्षमाला र बायाँ हातमा कमण्डलु छ। यिनी योगसाधिकाको रूपमा पनि परिरचित छिन्। आरोग्य र शान्ति प्राप्तिका लागि यिनको आराधना गरिन्छ।

नवरात्रका अवसरमा विशेषगरी महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा आराधना गरिन्छ। नवरात्रका समयमा जमरा राखिएका दशैँघर तथा शक्तिपीठमा पुगेर देवीको आराधना गर्ने परम्परा छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->