मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

‘सबै श्रमिकलाई सामाजिक सुरक्षामा जोडौं’

‘सबै श्रमिकलाई सामाजिक सुरक्षामा जोडौं’


  • ढोरपाटन संवाददाता
  • असोज १९ २०८१, शनिबार

बागलुङ/श्रमिकको हितमा सेवा प्रदायक संस्थाले काम गर्नुपर्ने सरोकारवालाले बताएका छन् । साथै सामाजिक सुरक्षा कोषमा सबैलाई आबद्ध हुन पनि आग्रह गरिएको छ ।
नेपाल ट्रेड युनियन कांग्रेस बागलुङको जिल्ला परिषद तथा सामाजिक सुरक्षा कोष लगायतका बिषयमा आयोजित छलफलमा सहभागिले हरेक क्षेत्रमा क्रियाशिल श्रमजिवीको कामको सम्मान र उनीहरुको सेवा निवृत्त जीवनलाई सुरक्षित बनाउन सामाजिक सुरक्षाकोष मजबुत बनाउनु पर्ने बताएका हुन् ।
कार्यक्रममा बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले साजिक सुरक्षा कोषमा आफ्नो पालिका आबद्ध भैसकेको र अनौपचारिक क्षेत्रका श्रमिकको समेत सामाजिक सुरक्षा कोष बनिसकेको बताइन् । त्यस बाहेक सबै क्षेत्रका श्रमिकको सामाजिक सुरक्षा कोष बजबुत बनाउने काममा सबै क्षेत्रको चासो र चिन्तन आवस्यक रहेको बताइन् । परिवर्तनको संवाहक समेत श्रमजिवी भएकोले उनीहरुको जीवन सुरक्षामा राज्य, स्थानीय तह र सेवा प्रदायक संस्थाले ससचेतना अपनाउनु पर्ने उनको भनाइ थियो ।
कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस गण्डकीका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक घनश्याम रेगमि, नेपाल ट्रेड युनियन कांग्रेस श्रम सम्बन्ध बिभागका सदस्य उमाकान्त पौडेल, सूचना तथा संचार र प्रकाशन बिभागकी केन्द्रीय सदस्य कल्पना खरेल, लैंगीक सेल केन्द्रीय सदस्य हुमा रिजाल, नेविसंघका केन्द्रीय सदस्य श्रीकृष्ण पौडेल र मनोज सापकोटा लगायतले श्रमजिवीको जीवन सुरक्षामा ट्रेड युनियनहरुले काम गर्नुपर्ने सुझाव समेत दिए ।
नेपाल ट्रेड युनियक कांग्रेस, बागलुङका अध्यक्ष इश्वर ठाकुर पौडेलको अध्यक्षता, सचिव बीरबहादुर किसानको संचालन र उपाध्यक्ष कुमार प्रसाद उपाध्यायको स्वागतमा सम्पन्न कार्यक्रममा सचिव किसानको प्रगती प्रतिवेदन र कोषाध्यक्ष अम्बिका गिरीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित भएको थियो । साथै भेलाले सबै क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा जोड्ने अभियान संचालन गर्ने र सबै संस्थालाई यो अभियानमा सहयोग गर्न पनि आग्रह गर्ने निर्णय गरिएको पौडेलले बताए । त्यस बाहेक बाढी पहिरोमा निधन भएका प्रति श्रद्दाञ्जली प्रकट गर्दै घाइतेको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
यसअघि बागलुङको ताराखोला र बडिगाड गाउँपालिकाले पालिका स्तरमा श्रमिकहरुको श्रम सम्झौता गरेर सामाजिक सुरक्षा कोषको थालनी गरेको छ । अनौपचारिक क्षेत्रमा का मगर्ने सबै मदजुरको सुरक्षा कोष बनाएर त्यसमा पालिकाले पनि लगानी गरिदिएको हो । यो लगानीबाट पालिका भित्र काम गर्ने श्रमिकको स्वास्थ्य बीमा र काम सकेर निवृत्त बन्दा कोषमा जम्मा भएको रकम पाउने गरी व्यवस्थापन पनि भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->