बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गण्डकी सभाको निष्कर्ष : ‘विश्वशान्ति कलस छिटो बनाऔं’

गण्डकी सभाको निष्कर्ष : ‘विश्वशान्ति कलस छिटो बनाऔं’


  • ढोरपाटन संवाददाता
  • असोज १९ २०८१, शनिबार

बागलुङ/पञ्चकोटमा हालै संचालनमा आएको जयनारायण कौशल्या गुरुकुलमलाई दिगो रुपमा संचालन गर्न ३१ औं गण्डकी सभामा सहयोग जुटाउने निर्णय भएको छ ।
बिहिवार भएको सभामा सरोकारवालाले गुरुकुललाई सहयोग अभियान चलाउने, विश्व शान्ति गण्डकी कलस निर्माणको काम छिटो सक्क सबै तर्पmको सहयोग जुटाउने लगायतको निर्णय गरेको पञ्चकोट बिकास परिषदका अध्यक्ष जगन्नाथ आर्चाले बताए । गुरुकुलममा अहिले ४० कन्याले अध्ययन गर्दैछन् ।
दशै शुरु भएकोले बिहिवारको सभामा शुभकामना आदान प्रदान र ४० कन्या पूजा समेत सम्पन्न भएको थियो । उक्त अबसरमा बागलुङ नगरपालिकका प्रमुख बसन्तकुमार श्रेष्ठले बागलुङको धार्मिक र पर्यटकीय महत्व बढाउन विश्व शान्ति कलस छिटो निर्माण गर्नुपर्ने बताए । त्यसकालागि नगरपालिका मात्र नभइ राष्ट्रको ध्यान जानुपर्ने धारणा राखे । साथै उनले कलस निर्माणमा तत्कालिन प्रधानमन्त्री र राष्ट्रपतिले समेत चासो राखेकोले राज्यका निकायले पनि यहाँ साथ दिनुपर्ने बताए ।
कार्यक्रममा अध्यक्ष जगन्नाथ आचार्यले धार्मिक रुपमा बिकास भएपनि पञ्चकोटले बागलुङको बिकासमा योगदान दिने बताए । बसाइ सराइ रोक्ने र विश्वसामु बागलुङ चिनिने गरी कमलनयनाचार्यले थालेको अभियान पुरा गर्नुपर्ने सुझाए । यहाँ विश्व शान्ति गण्डकी कलस निर्माणधिन छ । १ सय ३५ फिट अग्लो कलस बनाउने अभियान स्वरुप अन्य संरचना भने बनिसकेका छन् । यहाँको बिकासकालागि नगरपालिका र गण्डकी प्रदेशले लगानी गरेर सडक लगायतका संरचना निर्माणमा पनि लगानी गरेका छन् ।
पञ्चकोट बिकास परिषदका अध्यक्ष जगन्नाथ आचार्यको अध्यक्षता, वडा अध्यक्ष रुद्रबहादुर केसीको स्वागत र परिषदका सचिव नारायण आचार्यको संचालनमा महासचिव माधवप्रसाद उपाध्याय, गुरुकुलम संचालक समितिकी अध्यक्ष लीला खड्का, लगायतले मन्तव्य राखेका थिए । उक्त अबसरमा समितिका अध्यक्ष खड्का सहितका पदाधिकारीलाई पनि सम्मान गरिएको थियो । यहाँ हरेक महिना गण्डकी सभा बस्दै आएको छ । हरेक पटक सभामा फरक फरक एजेण्डा सहितका कार्यक्रमहरु संचालन भैरहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->