बागलुङ/मिलन बिलियड स्नुकर हाउस गुठी बागलुङले आयोजना गरेको प्रथम टप २० सिनियर स्नुकर प्रतियोगिताको उपाधि आशिष राईले चुमेका छन् । आइतबार साँझ सम्पन्न फाइनल खेलमा चिरप्रतिद्वन्दी सुनिल नेपालीलाई पराजित गर्दै राइले पहिलो संस्करणको उपाधिमा कब्जा जमाए ।
विजेता राईले नगद २० हजार र उपविजेता नेपालीले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उनीहरुलाई बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले पुरस्कार प्रदान गरेका थिए । सो अवसरमा बोल्दै खड्काले युवा पुस्ताबीच लोकप्रिय बन्दै गएको स्नुकर खेललाई व्यवस्थित र व्यवसायिक बनाउन नगरपालिकाले समन्वय गरी खेलाडीलाई प्रोत्साहन गर्ने बताए ।
मिलन बिलियड स्नुकर हाउसका सञ्चालक कुमार बोहराको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन सुवास रुचालले गरेका थिए ।






