बागलुङ/जिल्ला फुटबल संघ बागलुङले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं. ३ मा पहिरोमा परी ज्यान गुमाएका एन्फा वात्सल्यदेवी एकेडेमीका ६ जना खेलाडीहरुको सम्झनामा सोमबार साँझ बागलुङ बजारको लोकतान्त्रिक चोकमा दिप प्रज्वलन गरेको हो ।
खेलाडीहरू आदित्य बलम्पाखी, विकल रेग्मी, प्रियान्स आर्चाय, दिवस बानियाँ, अनुपम घलान र साईमन योञ्जन एकेडेमीबाट अन्यत्र जाने क्रममा बाटोमा पहिरोमा परी ज्यान गएको थियो । जिल्ला फुटबल संघका पदाधिकारी, खेलाडि तथा शुभचिन्तकको सहभागितामा दिप प्रज्वलन गरिएको फुटबल संघका अध्यक्ष जय राजभण्डारीले जानकारी दिए ।
यसअघि अखिल नेपाल फुटबल संघ (एन्फाले मृतकका परिवारलाई ८ लाख रुपैयाँ दिने निर्णय गरिसकेको छ । खेलाडीहरुको नाममा परिवारले चाहेको स्थान र क्षेत्रमा दुई लाख रुपैयाँको अक्षयकोष संघबाट खोल्ने समेत निर्णय भएको छ ।





