बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

प्रधानमन्त्री राहत कोषमा तनहुँको व्यास नगरपालिकाको पाँच लाख सहयोग

प्रधानमन्त्री राहत कोषमा तनहुँको व्यास नगरपालिकाको पाँच लाख सहयोग


  • ढोरपाटन संवाददाता
  • असोज २१ २०८१, सोमबार

दमौली / तनहुँको व्यास नगरपालिकाले प्रधानमन्त्री राहत कोषमा पाँच लाख सहयोग गर्ने निर्णय गरेको छ। देशभरका विपत्तिमा सहयोग पुर्‍याउने उद्देश्यले नगरपालिकाले उक्त कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको हो।

नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा सोमवार बसेको कार्यपालिका बैठकले हालै आएको वर्षाबाट प्रभावित नगरपालिकाअन्तर्गत सबै वडाहरुको विवरण संकलन गरी प्रभावित घर, खानेपानी र सडक संरचना पुनःस्थापना गर्ने निर्णय गरेको प्रवक्ता जीवन गुरुङले जानकारी दिए। बैठकले नगर क्षेत्रभित्र बढ्दो डेंगीको सङ्क्रमणबाट जोगिन नगरवासीलाई आग्रह गर्दै परस्पर सद्भाव र सकारात्मक सोचका साथ दसैँ मनाउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->