सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

पोखराको द स्केट पार्कमा आगलागी

पोखराको द स्केट पार्कमा आगलागी


  • ढोरपाटन संवाददाता
  • असोज २१ २०८१, सोमबार

पोखरा/पोखराको  द स्केट पार्क प्रालिमा आगलागी भएको छ । सोमबार राति करिब ८ः२० बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

बुद्धचोकस्थित द स्केट पार्क पोखरा-५ जिरोकिमीका कृष्ण ढकाल र चाउथेका अनिल ढकालले सञ्चालन गर्दै आएका थिए । ट्रस र जस्ता पाताले बनेको बाँसको टहरोमा रहेको द स्केट पार्कमा विद्युत  सर्ट भई आगोलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट द स्केट पार्क पूर्णरुपमा जलेको छ । आगो वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोली, स्थानीय र दमकलको सहयोगमा राति ९ बजे नियन्त्रणमा आएको थियो ।

आगलागीबाट स्केट जुत्ता करिब ६५० थान, म्प्युटर ३ थान, ४३ ईन्चको टिभी, जेनेरेटर, ईनभटर ब्याट्री, सिसिक्यामेरा मनिटरसहित ८ आठ थान र केही स्केट जुत्ताका पार्टस जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->