बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मुस्ताङमा पुगे नौ महिनामा एक लाख पर्यटक

मुस्ताङमा पुगे नौ महिनामा एक लाख पर्यटक


  • ढोरपाटन संवाददाता
  • असोज २६ २०८१, शनिबार
फाईल तस्वीर

मुस्ताङ / बितेका नौ महिनामा एक लाख पाँच हजारजना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । हालसम्म एक लाख पाँच हजार ६९८ जना विदेशी पर्यटक मुस्ताङ आएका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को इलाका संरक्षण कार्यालयले जनाएको छ । 

असोज २० गतेसम्म ९० हजार ८१ जना सार्क राष्ट्रका र १५ हजार ६१७ जना तेस्रो मुलुकका पर्यटक मुस्ताङ घुम्न आएका हुन् । सन् २०२३ मा एक लाख २१ हजार ३५२ जनाले भ्रमण गरेका थिए ।

उक्त कार्यालयका अनुसार गत बुधबारसम्म दुई हजार आठ सय ९६ जना पर्यटक भित्रिएका थिए । आठ हजार ३९७ जना मनाङ हुँदै पाँच हजार चार सय मिटरमा अवस्थित  थोराङ्ला भञ्ज्याङ पार गरेर मुस्ताङ भित्रिएका हुन् ।

हाल मुस्ताङको मुक्तिनाथ मन्दिर, कागबेनी, कोरला नाका, लोमान्थाङ, सिन्जा जोङ गुफा, जोमसोम, ढुम्वा ताल, ठिनी, मार्फा, लेतेलगायत पर्यटकीय स्थलमा चहलपहल बढेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->